होल बडी परिक्षणमा एक्सरेको भूमिका र महत्त्व

by | फाल्गुन १२, २०८०

होल बडी परिक्षणमा एक्सरेको भूमिका र महत्त्व

Ayush Timalsina
Radiographer,CWC-Polyclinic

एक्सरे भनेको के हो?
एक्सरे भनेको इलेक्ट्रोम्याग्नेटिक रेडिएसन हो जसलाई हाम्रो आँखाले देख्न सकिँदैन भने यो हाम्रो शरीरबाट पार भई 3×10⁸ m/s को गतिमा सिधा बाटोमा हिँड्न सक्छ र यसरी पार हुँदा उक्त रेडिएसनले हाम्रो शरीरमा रहेका कोषहरुलाई आयोनाइजेसन गर्दछ जुन जीवित कोषहरूको लागि हानिकारक पनि छ। तर यो सधैं र सबैको लागि भने हानिकारक हुँदैन। एक्सरेको उचित प्रयोग र समावेशमा हाम्रो शरीरमा हुनसक्ने धेरै रोगहरू र हाम्रो शरीरको सम्पुर्ण अंगको अवस्थाको बारेमा पनि थाहा पाउन सकिन्छ। मुख्यतः एक्सरेको प्रयोग हाडजोर्नी लगायत अन्य अंगहरू जस्तै मुटु, फोक्सो, मृगौला आदिको जाँच गर्नको लागि प्रयोग हुन्छ।

होल बडी परीक्षण भनेको के हो ?
होल बडी परीक्षण भनेको हाम्रो शरीरमा रहेका मुख्य अंगहरुमा पर्ने असरका कारण अचानक देखापर्न सक्ने रोगहरूको साथै हाम्रो शारीरिक अवस्थाको बारेमा जानकारी प्राप्त गर्नका लागि गरिने परीक्षण हो। जसले गर्दा मानिसहरूमा अचानक निम्तिरहेका रोगहरूको बारेमा समयमै जानकारी लिएर समयमा नै उपचार गर्न वा उक्त रोगलाई निर्मूल समेत पार्न सकिन्छ। सकेसम्म ६ र ६ महिनामा वा वर्षमा एकपटक भनेपनि होल बडी परीक्षण गरी आफ्नो शरीरको अवस्थाको बारेमा जानकारी लिने कार्य गर्नु अत्यन्त उचित पनि हुन्छ। सामान्यतः होल बडी परीक्षण गर्दा निम्नानुसारका परीक्षणहरु गरी डाक्टर परामर्श लिनु अत्यन्त उचित हुन्छ।

नोटस् CWC (पोलिक्लिनिकमा (बनेपामा) गरिने होल बडी परीक्षणका जॉचहरु यस प्रकार छन।
१० सुगरको परीक्षण
२० मृगौलाको परीक्षण
३० मुटु र मुटुरोग सम्बन्धी जाँच
४० बाथ रोगको परीक्षण
५० कलेजोको जाँच
६० थाइरोइडको परीक्षण
७० इन्फेक्सनको परीक्षण
८० पिसाब जाँच
९० पेटको भिडियो एक्सरे
१०० डाक्टर परामर्श
११० छातीको एक्सरे

होल बडी परीक्षणमा एक्सरेको भूमिकारमहत्त्व के छ ?
होल बडी परीक्षणमा छातीको एक्सरे अत्यन्त र अत्यावस्यक भाग हो, जसबाट हामीले हाम्रो शरीरमा हुनसक्ने दर्जनौं रोगहरूको बारेमा जानकारी प्राप्त गर्न सक्छौँ। त्यस्तै हाम्रो फोक्सो, मुटु लगायत स्वासनली आदिको आकार(अवस्था लगायतको बारेमा पनि जानकारी लिन सक्छौ। साधारण अवस्थामा छातीको एक्सरेमा फोक्सो र स्वासनली हल्का कालो (radiolucent)र मुटु, धमनीहरु हल्का सेतो (radiopaque) हुनेगर्दछ। यदि होल बडी परीक्षणमा हाम्रो छाती एक्सरेको अवस्था साधारण भन्दा केही फरक देखिन्छ भने केही रोगहरूको लक्षण पनि हुन सक्छ। साधारण अवस्थामा मुटु हाम्रो छातीको बायाँतर्फ ढल्केको हुनुपर्दछ भने कुनै कुनै अवस्थामा भने उक्त मुटु बायाँतर्फ नभई दायाँतर्फ ढल्केको हुन्छ जसलाई डेक्सटोकार्डिया भनिन्छ, जुन जन्मजात हुने अवस्था हो जसको कुनै उपचार नभई त्यसको कारण देखापर्ने असरहरुको उपचार गर्ने गरिन्छ। त्यस्तै यदि साधारण मुटुको आकार भन्दा ठूलो देखिएमा त्यसलाई कार्डियोमेगाली भनिन्छ। यो पनि जन्मजात हुने अवस्था हो जसको कारण देखापर्ने लक्षण र असरहरुको समाधान गरिन्छ।

कहिलकाहीँ छाती दुख्ने, सास फेर्न गाह्रो हुने, असहज हुने, छातीमा पानी जम्ने तथा लगातार खोकी लाग्ने जस्ता साधारण देखिने अवस्थाहरू पनि कुनै ठुलै रोगका कारणहरू हुन सक्छन् जुन हाम्रो बेवास्ताको कारण झन् खतरनाक हुँदै जान्छन् र जबसम्म बस्तिविक रोगको पहिचान हुन्छ तबसम्म साधारण बाट बढेर उपचारको कुनै असम्भव अवस्था सम्म पनि पुग्न सक्छन्। यस्ता उदाहरणहरू हाम्रै वरपर धेरै देख्न भेट्न पनि सकिन्छ। यस्ता विभिन्न रोगहरू लगायत आफ्नो स्वास्थको बारेमा सजग रहन एक्सरे सहितको होलबडी गर्न अत्यन्त आवश्यक छ। जसको कारण सुरु अवस्थामा नै कुनै खतरा भएमा वा देखिएमा त्यसको निदान गर्न सहज हुन्छ। समयमा नै छातीको एक्सरे गर्दा छातीको एक्सरेमा यदि कुनै दाग वा असर देखा परेमा त्यसको कारण र लक्षणको आधारमा उक्त अवस्थालाई सामान्यमा ल्याउन निकै सहज अनि सम्भव पनि हुन्छ।

यसरी गरिने छातीको एक्सरेमा देख्न सकिने विभिन्न रोगहरू जस्तै निमोनिया, फोक्सोको क्यान्सर, छातीमा पानी जम्नु, फोक्सो र छातीको बीचमा हावा भरिनु अथवा रगत जम्नु , फोक्सोमा मासु पलाउनु, मुटु असाधारण हुनु, दुबै फोक्सोका भित्ताहरू टाँसिएर सास फेर्न गाह्रो हुनु, फोक्सोमा कफ जम्नु, स्वासनली असाधारण हुनु आदि रहेका छन्। त्यसैले होल बडी परीक्षणमा छातीको एक्सरे एकदमै महतत्वपूर्ण मानिन्छ।

कुन अवस्थामा एक्सरे गर्न मिल्दैन ?
गर्भवती महिलाको अवस्थामा भने एक्सरे गर्नु उचित हुँदैन तर यदि कुनै समयमा गर्नै पर्ने अवस्था आएमा राडियोग्रफी प्रोटेक्टिभ रुल्स फलो र रडियोग्रफी डिपार्टमेन्टमा उपलब्ध भएका रेडिएसन प्रोटेक्सन सामग्रीहरू जस्तै लिड एप्रोन, थाइरोइड शिल्ड, लिड ग्लभ्स आदिको प्रयोग गरेर एक्सरे गर्नुपर्दछ।