टोल सुधार समितिलाई पालिकाको एकै वर्षमा सात योजनाको ठेक्का, ज्यालाका लागि मजदुरको प्रदर्शन

by | फाल्गुन १४, २०८०

टोल सुधार समितिलाई पालिकाको एकै वर्षमा सात योजनाको ठेक्का, ज्यालाका लागि मजदुरको प्रदर्शन, ५१ दिन देखि न्यायीक समितिमा दिएको निवेदनका बारेमा गुपचुप

भुम्लु÷भुम्लु गाउँपालिका वडा नम्वर ७ मा रहेको सेतिदेवी टोल विकास तथा सुधार समितिले प्रदेश, पालिका र वडाको बजेट खर्च गर्ने गरी आधा दर्जन भन्दा धेरै योजनामा ठेक्का उपलब्ध गराईएको छ । मजदुरहरुले ज्याला नपाएका कारण आन्दोलित छन् । एक जना मजदुरको निधन भईसकेको छ ।

ठेक्का अनुरुपको कार्य सम्पन्न गरेर भुक्तानी लिईसकेको भए पनि सोहि योजनाहरुमा कार्यरत मजदुरहरुले भने एक वर्ष देखि ज्याला पाउन सकेका छैनन । ज्याला माग गर्दै गाउँपालिकाको ५१ दिन देखि न्यायीक समितिमा दिएको निवेदन उपर कुनै चासो र छलफल नगरे पछि सोमबार मजदुरहरुले पुनः गाउँपालिकाको ध्यानार्कर्षण गराउँदै नारा जुलुस प्लेकार्ड बोकेर प्रर्दशन गरे । तर अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष जितेन्द्रमान तामाङ मजदुरहरु आउने सूचना पाए लगत्तै कार्यालयमा उपस्थित भएनन् ।

एक आर्थिक वर्षमा उक्त समितिले ९१ लाख रुपैया वडा र पालिकाको बजेटको ठेक्का प्राप्त गरेको थियो भने प्रदेश सरकारको २० लाख रुपैया थप योजनाका लागि प्राप्त गरेको थियो । मजदुरहरुले एक वर्ष देखि टोल सुधार समितिका नाममा भएका कामको ज्याला नपाएको भन्दै दुई महिना अघि स्थानीय न्यायीक समितिमा दिएको निवेदनका बारेमा समेत वेवास्ता गरे पछि सोमबार मजदुरहरुले पालिका घेराउ गरेका छन् । टोल सुधार समितिका अध्यक्ष संजयकुमार तामाङ सम्र्पकमा छैनन ।

सम्र्पकमा आएका बखत प्रदेश सरकारले काम गरेको २० लाख रुपैयाका भुक्तानी नगरेका कारण मजदुरहरुको पारिश्रमीक दिन नसकेको बताउन थालेका छन् । तर मजदुरहरुले पटक पटक काम गरेको डेड महिनासम्मको पारिश्रमीक पाउन नसकेको गुनासो पालिकामा दर्ता गराएका छन् ।

पालिकाले सेतिदेवी टोल विकास तथा सुधार समितिका नाममा आर्थिक वर्ष २०७९÷२०८० का लागि सामुदायिक भवनको तल्ला थप शिषर्कमा २५ लाख रकम विनियोजन गरेको थियो । फलाँटे छातिडाँडामा रहेको उक्त भवन निर्माण कार्य सम्पन्न भई सकेको छ । त्यस्तै शारदा मावि घेराबारका लागि ५ लाख रकम विनियोजन भएको थियो । उक्त कार्य पनि सम्पन्न भई भुक्तानी भई सकेको छ ।

त्यस्तै टोल सुधार समितिले अर्काे ठेक्का पायो । पिपलटार आँपको बोट प्रतिक्षालय निर्माणका लागि ३ लाख रुपैया । उक्त कार्य पनि सम्पन्न भई अघिल्लो आर्थिक वर्षमा नै भुक्तानी भई सकेको छ । त्यस्तै कृषि बाटो निर्माणका लागि प्राप्त ७ लाख रुपैयाको पनि कार्य सम्पन्न भई सकेको छ ।

कृषि सडक सोलिङ्गका लागि थप ३ लाख रुपैयाको ठेक्का पनि त्यहि संस्थाले लिएको थियो । घारिखेत कृषि सडक निर्माणका लागि ५० लाख रकम समपुरक बजेटबाट प्राप्त भएको थियो । उक्त सडक निर्माणको ठेक्का पनि त्यहि समितिका नाममा भएको थियो । समकपुरक बजेटका लागि पालिका र प्रदेश सरकारले २५÷२५ लाख विनियोजन गरेका थिए । उक्त योजनाहरुमा ९१ लाख रकम खर्च भई भुत्तानी भई सकेको छ । त्यस्तै पछिल्लो पटक त्यहि समितिलाई २० लाख रकम प्रदेश सरकारबाट प्राप्त भएको थियो ।

ग्रैहटोल डाँडाबारी मोटरबाटोका लागि प्राप्त योजना सम्पन्न भए पनि भुक्तानी नभएको अध्यक्ष संजयकुमार तामाङले मजदुरहरुलाई बताउँदै रकम भुक्तानी गरेका छैनन ।

पालिकाहरुबाट भुक्तानी लिँदा मजदुरहरुको दैनिक ज्यालादारी भरेर योजना फरफार गरिएको भए पनि मजदुरहरुले भने काम गरेको ७५ दिन देखिको रकम पाउन नसकेको गुनासो न्यायीक समितिमा गरेका थिए । न्यायीक समितिले समेत अन्याय गरेको मजदुरहरुको गुनासो छ ।

गाउँपालिकामा प्लेकार्ड सहित जम्मा भएका मजदुहरुले पाउनु पर्ने पारिश्रमीक तत्काल पाउन नारावाजी समेत गरेका थिए । न्यायाीक समितिमा दर्ता भएको निवेदन उपर आवश्यकताका आधारमा तत्काल निर्णय दिनु पर्ने भए पनि न्यायीक समितिका संयोजक एवं उपाध्यक्ष दावा भनिने जितेन्द्रकुमार तामाङले वेवास्ता गरिरहेका छन् । २५ जना मजदुरहरुले ज्याला नपाएको भन्दै प्रर्दशन गरेका हुन् ।

सोमलाल धिताल, श्रीकृष्ण उप्रेती, शिखर भुजेल, सुकुमान तामाङ, सत्यमान तामाङ, सागर परियार, बलबहादुर घिसिङ, कुमार बल, हरिबहादुर तामाङ, रामचन्द्र खड्का, होमबहादुर तामाङ छन् । होमबहादुरको ज्याला नपाउँदै निधन भईसकेको छ ।

मैया तामाङ, विनोद परियार, सन्दिप संगम माझी, राजु माझी, भुवन माझी, मैते माझी, डम्बरबहादुर माझी, भिमबहादुर माझी, बुद्धिमान माझी, विरबहादुर माझी, रामबाबु माझी, बुद्धविर राई, श्यामबहादुर तामाङ, कान्छी तामाङ लगायत छन् । भुम्लुमा शुसासन भए तत्काल न्याय दिन उनिहरुले माग गरेका छन् ।

भिडियोः