९१ लाखका योजनामा ३२ लाख ज्याला नदिने यी हुन् टोल सुधार समितिका पदाधिकारी

by | फाल्गुन १४, २०८०

९१ लाखका योजनामा ३२ लाख ज्याला नदिने यी हुन् टोल सुधार समितिका पदाधिकारी

– ज्याला माग्दा माग्दै एक मजदुरले ज्यान गुमाए

भुम्लु, फलाँटे/कँहि नभएको जात्रा भुम्लुमा । न्याय दिने निकाय आफै अन्याय गरिरहेको छ । २५ जना मजदुरहरु एक वर्ष देखि ज्याला नपाएर गाउँपालिकाका चोटा कोठा चहारिरहेका छन् । न्यायीक समितिमा उजुरी गरेको ५१ दिन भयो ।

डाँडोमा चलिरहेको बतासले मजदुरका पीडा उडाई रहेको छ । जनप्रतिनिधिहरु मजदुरका समस्या सुन्ने, समाधान गर्ने र न्याय दिने पक्षमा छैनन । सोमबार पनि मजदुरहरु कार्यालय आउने सूचना पाए लगत्तै अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङको टोली वडा नम्वर १ तिर योजना अनुगमनको तस्विर सामाजिक सञ्जालमा राखेर ब्यस्त देखाई रहेका थिए ।

महालेखा परिक्षकको कार्यालयले समेत लेखापरीक्षणका क्रममा एउटै उपभोक्ता समितिलाई एक आर्थिक वर्षमा एउटा भन्दा अर्काे योजना सम्झौता नगर्न निर्देशन दिईएको छ । अझ टोल विकास समितिले त त्यस्ता योजनाहरु सम्झौता गरेर कार्यान्वयन गर्ने कानूनमा ब्यवस्था नै छैन । तर भुम्लुमा सबै योजनाहरु त्यस्तै टोल विकास समितिका नामबाट सम्झौता हुन्छन् । एउटा हो र दुईवटा हो र एकै आर्थिक वर्षमा गाउँपालिका र वडा अन्र्तगत बजेटका ७ वटा र प्रदेशको थप एउटा गरी ८ वटा योजना सम्झौता भएका छन् ।

भुम्लु गाउँपालिका वडा नम्वर ७ मा रहेको सेतिदेवी टोल विकास तथा सुधार समितिले प्रदेश, पालिका र वडाको बजेट खर्च गर्ने गरी आधा दर्जन भन्दा धेरै योजनामा ठेक्का पाएको थियो । त्यहि ठेक्का सम्पन्न गर्न श्रम गरेका मजदुरहरुले वर्षाै देखि ज्याला पाउन सकेका छैनन । श्रम गरेको रकम माग्दा माग्दै एक जना मजदुरको निधन भएको छ । तर पनि स्थानीय सरकार कानमा तेल राखेर बसिरहेको मजदुरहरुले बताएका छन् ।
टोल विकास समितिका अध्यक्ष अध्यक्ष संजयकुमार लामा, सचिव चन्द्रबहादुर लामा र कोषाध्यक्ष रञ्जना लामाको नामबाट खाता खोलिएको थियो । उनिहरुकै हस्ताक्षर गरेर आउनु पर्ने रकम एक वर्षसम्म नपाए पछि मजदुरहरु घर न घाटको हुन थालेका छन् ।

सोमलाल धिताल, श्रीकृष्ण उप्रेती, शिखर भुजेल, सुकुमान तामाङ, सत्यमान तामाङ, सागर परियार, बलबहादुर घिसिङ, कुमार बल, हरिबहादुर तामाङ, रामचन्द्र खड्का, होमबहादुर तामाङ छन् । होमबहादुरको ज्याला नपाउँदै निधन भईसकेको छ । मैया तामाङ, विनोद परियार, सन्दिप संगम माझी, राजु माझी, भुवन माझी, मैते माझी, डम्बरबहादुर माझी, भिमबहादुर माझी, बुद्धिमान माझी, विरबहादुर माझी, रामबाबु माझी, बुद्धविर राई, श्यामबहादुर तामाङ, कान्छी तामाङ लगायत छन् । भुम्लुमा न्याय पाउने नागरिकको चाहनालाई जनप्रतिनिधि छन भने तत्काल न्याय दिन उनिहरुले माग गरेका छन् ।

टोल सुधार समितिले आर्थिक वर्ष २०७९÷२०८० मा ९१ लाख रुपैयाको योजना सम्पन्न गरेको छ । सामुदायिक भवनको तल्ला थप शिषर्कमा २५ लाख, शारदा मावि घेराबारका लागि ५ लाख, पिपलटार आँपको बोट प्रतिक्षालय निर्माण ३ लाख, कृषि बाटो निर्माण ७ लाख, कृषि सडक सोलिङ्ग ३ लाख, घारिखेत कृषि सडक निर्माणका लागि ५० लाख रकम समपुरकबाट प्राप्त भएको थियो ।