काभ्रेका कृषकको ५० करोड भुक्तानी बाँकी, राजमार्गमा चक्काजाम
बनेपा/दुग्ध कृषकहरुले भुक्तानी नभएको भन्दै आन्दोलनरत कृषकहरुले अरनिको राजमार्गमा आघा घण्टा चक्काजाम गरेका छन् । कृषकहरुले चरणबद्ध आन्दोलन घोषणा गरे अनुसार राजमार्ग बन्द गरिएको किसानहरुका अध्यक्ष नारायण बडालले बताए ।
यस अघि कृषकहरुले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाएका थिए । कृषकहरुले फागुन १०, ११ र १२ गते जिल्ला दुग्ध उत्पादक सहकारी संघको आयोजनामा दुग्ध उत्पादक सहकारी संस्था, डेरी उद्यमी, कृषक तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल, प्रचार प्रसार र आन्दोलनमा सहभागिताका लागि आब्हान गर्ने कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै फागुन १४ गते जिल्ला प्रशासन कार्यालय काभ्रेमा ज्ञापनपत्र बुझाउँदै थप कार्यक्रमका बारेमा जानकारी गराएका थिए । चक्काजाम र धर्ना सँगै फागुन २१ गते माईति घर मण्डलामा देशभरीका कृषक, दुग्ध उत्पादक सहकारी संस्थाहरुको अगुवाईमा धर्ना तथा विरोधका कार्यक्रमहरु गर्ने र माग पुरा नभए सम्म धर्ना कार्यक्रम जारी राख्ने कृषकहरुले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दुग्ध कृषकहरुको तत्काल भुक्तानी दिन निर्देशन दिए पनि दुग्ध विकास संस्थानले अझै चासो दिएको छैन । काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै अरनिको राजमार्गमा दिउसो १२ बजे देखि २ बजेसम्म चक्काजाम गर्ने घोषणा गरेका थिए । काभ्रेपलाञ्चोकका अध्यक्ष नारायणप्रसाद बडाल, केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य केशवप्रसाद सापकोटा र केन्द्रिय दुग्ध सहकारी संस्था लिमिटेडका लेखा सदस्य शिवप्रसाद कोईरालाले ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए । काभ्रेपलान्चोक जिल्ला दुग्ध उत्पादन तथा प्रशोधन उद्योग नेपालमै पहिलो वि.स.२००९ सालमा नै सुरु भएको जिल्ला हो ।
काभ्रेबाट उत्पादित दैनिक तिन लाख लिटर दुध स्थानीय बजार सहित काठमाडौ, भक्तपुर, ललितपुर जिल्लामा खपत भैरहेको छ । यो जिल्ला वि.स. २०६७ सालमा नै दुधमा आत्मनिर्भर घोषणा भैसकेको हो । विगत १ वर्ष देखि दुध विक्रि हुन समस्या भैरहेको र हाल दुग्ध विकास संस्थामा (डि.डि.सि.) तथा निजी डेरीहरुले दुधको विगत २ देखि ४ महिनाको भुक्तानी रकम नदिएको अवस्था विद्यमान छ । दुध विक्रिबाट प्राप्त हुने भुक्तानी रकम नपाउनाले कृषकहरुलाई पशु आहारा जस्तै घाँस, पराल, भुसा, दाना, चोकर, ब्रान्ड, खरिद गरी खुवाउन नसक्ने अवस्था सृजना भएको साथै बैंक तथा वित्तिय संस्थाहरुबाट पशुपालनमा लिएको कर्जाको साँवा व्याज किस्ता समेत राकिएको अवगत गराउन चाहान्छौ । यो परिस्थिती सृजना हुँदा एकातिर कृषकको दैनिक चुलो बल्ने अवस्था नै संकटमा परेको छ भने अर्कातिर पशुपालन व्यवसायमा नै निरासा उत्पन्न भै पलायन हुने सम्भावना बढेको छ ।
केन्द्रिय दुग्ध सहकारी संघ तथा जिल्ला दुग्ध सहकारी संघले दुध विक्रि वापत पाउनु पर्ने भुक्तानी लगायत ११ बुदे माग सहित २०८० मंसिर २८ गते देखि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका थिए । कृषकहरुलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम पौष मसान्त भित्र भुक्तानी गरिसक्ने हाल कृषकहरुबाट लिइरहेको दुधको परिमाण नघटाई संकलन गर्ने, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय भएको छलफलमा मन्त्रालय सकारात्मक भै मागहरु पुरा गर्ने गरी २०८० मंसिर २६ गते सहमती भएको थियो । दुग्ध किसानहरुले सरकारी स्मामित्वमा रहेको दुग्ध विकास संस्थान तथा अन्य डेरी उद्योगहरुलाई विक्रि गरेकोविगत २ देखि ४ महिना सम्मको भुक्तानी रकम करिव ५० करोड यथासिघ्र भुक्तानी गर्न, मिल्क होलिडे बन्द गर्न, आयातित दुध तथा दुधजन्य पदार्थलाई पूर्ण रुपमा बन्द गर्न, दुध किसानहरुलाई जोगाई राख्न अनुदानका कार्यक्रमहरुलाई निरन्तरता दिन, उत्पादन लागत मुल्य घटाउने कार्यक्रमहरु सबै पालिकामा लागु गर्न, विमा कार्यक्रमहरुलाई प्राथमिकतामा राखि क्षतिपूर्ति भुक्तानी सहज बनाउन, दुध तथा दुग्धजन्य पदार्थ निर्यातको लागि खोरेत लम्की लागयत रोगमुक्त घोषणा गर्न प्रत्येक पालिकामा खा्ेप अभियान चलाउन, निर्यात गर्ने दुग्ध पदार्थमा अनुदानको व्यवस्था गर्न, विगतमा पाईराखेको दुध चिस्यानहरुको विद्युत महसुल ५० प्रतिशत कायम गर्न, लम्की रोग लागेर क्षती भएका पशुहरुको अबिलम्ब क्षतिपूर्ति रकम उपलव्ध गराउन माग गरेका छन् ।






