बनेपा नगरले वितरण गर्यो कृषकलाई हाते ट्याक्टर
बनेपा/बनेपा नगरपालिकाले नगर भित्रका कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले किसानहरुलाई आधुनिक प्रविधि मार्फत खेती गर्दा लागत कम, उत्पादन बढी हुने भएकाले आधुनिक प्रविधि मार्फत खेती गर्न आग्रह गरेका थिए ।
नगरपालिकाले किसानलाई खेतिमा आत्म निर्भर बनाउनका लागी विभिन्न किसिमका कृषि सामग्री वितरण गर्दे आएको उनले बताए ।
उप–प्रमुख विमला सापकोटाले नगरपालिकाले किसानहरुले लम्पी स्किन बाट मरेका गाई भैसीको क्षतिपुर्ति बापत अनुदान प्रदान गरेको र सम्पुर्ण किसानहरुले पालेको गाई भैसीहरुको निःशुल्क विमा गरिएको बताईन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले लगेको सामानको सहि सदुपयोग गर्न आग्रह गरेका थिए । नगरले ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेको चापागाईले बताएका थिए ।
कार्यक्रममा कृषि शाखाका प्रमुख गणेश बहादुर खत्री लगाएतले मन्तब्य राखेका थिए । कृषि शाखा अधिकृत कमला हुमागाईले ६५ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको बताईन् ।
किसनालाई प्लाष्टिक टलेन, प्लाष्टिक मल्चिङ, कम्पोष्ट विन ३ सय वटा, धान चुट्ने मेशिन, मौरिका घारहरु लगाएतका विभिन्न कृषि सामाग्रीहरु वितरण गरिएको हुमागाईले बताईन् ।






