बनेपामा शुरु भयो महिला भलिबल खेलाडीहरुका लागि प्रशिक्षण

by | फाल्गुन १८, २०८०

बनेपामा शुरु भयो महिला भलिबल खेलाडीहरुका लागि प्रशिक्षण

बनेपा÷बनेपा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा बनेपाको लायकु मञ्चमा महिला भलिबल खेलाडीहरुका लागि तीन महिने भलिबल प्रशिक्षण शुरु गरिएको छ । बनेपा नगरपालिकाको आर्थिक सहयोगमा प्रशिक्षण शुरु गरिएको सचिव विक्रम प्रजापतिले बताए ।


प्रशिक्षणमा नगर भित्रका सबै वडाका महिला भलिबल खेलाडीहरुलाई सहभागि गराईएको छ । प्रशिक्षणको उद्घाटन नगरपालिकाका उप्रमुख विमला सापकोटाले गरेकी छन् । प्रशिक्षण केन्द्रका अध्यक्ष प्रज्ञा नकर्मीले महिलाहरुको उत्पे्ररणका लागि प्रशिक्षण शुरु गरिएको बताईन् ।

कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता थियो । महिला भलिबल खेलाठीहरुको खेलस्तरमा सुधार गर्ने र नयाँ खेलाडीहरु उत्पादन गर्ने उदेश्यले उक्त प्रशिक्षण संचालन गरिएको सचिव प्रजापतिले बताए । प्रशिक्षणमा ३२ खेलाडीहरु सहभागि छन् । प्रशिक्षणको शुभारम्भ कार्यक्रममा उपाध्यक्ष भवानी जोशीले स्वागत गरेका थिए ।