अनेरास्ववियु बनेपाले गर्यो हाजिरी जवाफ
बनेपा÷एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलाञ्चोकले एक कमिटी एक रचनात्मक कृयाकलाप गर्ने निर्णयसँगै अनेरास्ववियुका विभिन्न कमिटीहरुले रचनात्मक कृयाकलाप गर्न शुरु गरेका छन् ।
बनेपा नगर कमिटीले आयोजना गरेको रचनात्मक कृयाकलाप अन्र्तगत हाजिरी जवाफ प्रतियोगितामा सहभागि विद्यालयहरु मध्ये बनेपा नालामा रहेको चण्डेश्वरी माविका विद्यार्थीहरु प्रथम भएका छन् । त्यस्तै प्रतियोगितामा बागमती अंग्रेजी बोर्डिङ्ग स्कुलका विद्यार्थी दोश्रो र आजाद माध्यमिक विद्यालय बनेपाका विद्यार्थीहरुले तेश्रो स्थान हात पारेका छन् ।






