ज्योति मिर्मिरे सामुहिक बचत पनौतीको ११ औ एकिकरण दिवसः १ सय ७४ जेष्ठ सदस्यलाई भत्ता, ३ सय ६६ सम्मानित
विकास तिमल्सिना
पनौती
ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौती ६ काभ्रेपलाञ्चोकले ११ औ एकिकरण दिवसका अवसरमा सेवा केन्द्रहरु र केन्द्रिय कार्यालयमा समेत गरी ३ सय ६६ जना जेष्ठ सदस्य, १४ अपाङ्गता सदस्य, ४ जना एसईई उत्कृष्ट सदस्य, उत्कृष्ट बचतकर्ता, ऋणी, उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई सम्मान गरेको छ ।
ज्योती मिर्मिरे सामुहिक सहकारीको रोशी, बेथान्चोक, कुशादेवी, जन्मज्योती, बनेपा, ज्यालाचिटी र ठाडोबाटो सेवा केन्द्र रहेका छन् ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष उद्धव सापकोटा, बागमती प्रदेश सहकारीका संचालक ठाकुर बास्कोटा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सह सचिव विकास बादे, वडा अध्यक्ष भिमसेन आचार्य लगायतले सहकारीले समुदायमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले सहकारीले इतिहास, वर्तमान र भविश्यसम्मलाई जोडेर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको बताए । शहरमुखी केहि सहकारी संस्थाहरुले गरेका कृयाकलापका कारण समग्र सहकारीहरुलाई हेर्ने दृष्टिकोण नै फरक भएको बताउँदै नगर प्रमुख भण्डारीले सदस्यहरु प्रलोभनमा भन्दा नीति नियममा चलेका सहकारीहरुलाई विश्वास गर्न लाग्नु पर्ने बताए । कार्यक्रममा उपाध्यक्ष कान्छीमाया थापाले स्वागत गरेकी थिईन् ।
सोहि अवसरमा सल्लाहकारद्धय रमेश पौडेल र तुयुकाजी ताम्राकार, एकिकरण पुर्वका संस्थाका प्रतिनिधि विदुर हुमागाई, संस्थाका सचिव बुद्ध सिं थापा र कोषाध्यक्ष पूर्णराम तुलाधरले संस्थाले सदस्यमुखी कार्यक्रमहरु आयोजना गरिरहेको बताएका थिए ।
कार्यक्रममा ७५ वर्ष नाघेका १ सय ७४ जना जेष्ठ सदस्यहरुलाई पेन्सन सुविधा उपलब्ध गराईएको घोषणा गरिएको थियो । ७० वर्ष नाघेका एक आर्थिक वर्ष भित्रका ३ सय ६६ जनालाई विभिन्न प्रकारबाट सम्मान गरिएको थियो ।
एकिकरण दिवसको अवसर पारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले सहभागिता जनाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले बताए । १ अर्ब १७ करोड ३० लाख १६ हजार ३ सय १९ रुपैया वासलात रहेको सहकारीमा १७ हजार १ सय ४४ सदस्य छन् ।
सोहि संस्थामा ४० जना कर्मचारीहरु कार्यरत छन् । प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले सहकारीले सदस्य केन्द्रित कार्यक्रम गरिरहेको बताए ।






