बनेपाको झाडीमा नवजात शिशु मृत फेला

by | फाल्गुन २०, २०८०

बनेपाको झाडीमा नवजात शिशु मृत फेला

प्रतिकात्मक तस्बिर

बनेपा /बनेपा नगरपािलका वडा नम्वर ५ स्थित बनेपा नेपाल पोलिटेक्निक स्कुलको पछाडी झाडीमा जन्मेको दुई/तीनको जस्तो देखिने नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

कुकुर तथा अन्य जनावारहरुले खाँदै गरेको अवस्थामा स्थानीयहरुले मानिस जस्तो देखिने बस्तु भएकाले आशंका लागेर प्रहरीलाई खवर गरेका थिए ।
शनिबार साँझ ६ बजेको समयमा मृत शिशु फेला परेको खवर पाए लगत्तै प्रहरीले घटनास्थल पुगेर शिशुलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको बताएको छ ।