एमाले, माओवादी र रास्वपाबाट ३ जना मन्त्री बन्दै
कांग्रेससँगको गठबन्धन तोडिएसँगै एमाले र रास्वपासहितको नयाँ गठबन्धनबाट आज सानो आकारको मन्त्रीपरिषद गठन हुँदै छ ।
तीनपार्टीले आ–आफ्नो दलबाट एक÷एक जनाको नाम टुंगो लगाएका छन । माओवादीले नुवाकोट १ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ ।
माओवादीका उपमहासचिव वर्षमान पुनले तामाङलाई मन्त्री बनाउन लागिएको जानकारी दिए । त्यस्तै एमालेबाट पर्वतका सांसद पदम गिरी पनि मन्त्री बन्न लागेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापतिसमेत रहेका डीपी अर्याललाई मन्त्री बनाउने भएको छ ।
गिरी यसअघि स्वास्थ्यमन्त्री र अर्याल श्रममन्त्री थिए । तामाङ भने पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।






