एमाले महाभारत वडा नं. ६ को दोस्रो वडा अधिवेशन सम्पन्न

by | फाल्गुन २२, २०८०

एमाले महाभारत वडा नं. ६ को दोस्रो वडा अधिवेशन सम्पन्न

महाभारत,काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाभारत गाउँपालिका वडा नं. ६ को दोस्रो पुर्ण वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनले कुमार सिं लामाको अध्यक्षतामा १७ सदस्सीय वडा समिति सर्वसम्मत चयन भएको छ । जस अनुसार उपाध्यक्षमा सुरथ बल, सचिवमा गुन्जराज मोक्तान, सहसचिवमा विन्दु कुंबर र रितुराम यस्माली रहेका छन् ।

यस्तैगरी सदस्यहरुमा इन्द्रमान बल, फुलमाया वाइबा, कुमारी माया स्याङतान, भिम बहादुर वि.क., वीर बहादुर वाइबा, कान्छामान बज्यु, सर्मिला माझी, फुल कुमारी भोलन, बज्रध्वज मोक्तान, समान सिं मोक्तान, शिव बहादुर वि।क। र अन्जु स्याङतान लगाएतका सर्वसम्मत चयन भएको नेकपा एमाले महाभारत गाउँपालिका अध्यक्ष जगत मोक्तानले जानकारी दिएका छन ।