कर्णालीमा कांग्रेसका मन्त्रीले राजीनामा दिए, सुदूरपश्चिम र गण्डकीमा माओवादीका मन्त्री बर्खास्त

by | फाल्गुन २२, २०८०

कर्णालीमा कांग्रेसका मन्त्रीले राजीनामा दिए, सुदूरपश्चिममा र गण्डकीमा माओवादीका मन्त्री बर्खास्त

नयाँ सत्ता समिकरणको असर प्रदेशहरुमा पनि देखिन थालेको छ । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा दिएका छन् ।

कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको छ।

यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई बर्खास्त गरेका छन । केन्द्रमा बनेको नयाँ गठबन्धनपछि प्रदेशका माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले हटाएका हुन । मुख्यमन्त्री शाह नेपाली कांग्रेसका हुन ।
गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादीका दुई जना मन्त्रीलाई हटाएका छन ।