मन्त्री टुंगो लगाउन जसपाको बैठक बस्दै

by | फाल्गुन २४, २०८०

मन्त्री टुंगो लगाउन जसपाको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।