आज एकै दिन पनौती नगरपालिका नम्वर २ र ६ बालश्रममुक्त वडा घोषणा
विकास तिमल्सिना
पनौती
पनौती नगरपालिकामा रहेका १२ वटा वडा मध्ये पाँचवटा वडामा बालश्रम नभएको घोषणा गर्दै बालश्रम मुक्त वडा घोषणा गरिएको छ । विहिबार एकै दिन पनौती २ र ६ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । वडा नम्वर ११, ८ र ५ लाई यस अघि बालश्रम मुक्त वडा घोषणा गरिएको थियो ।
बालमैत्री नगर घोषणा गरेको समयमा बालबालिका सम्वन्धी बालमैत्री स्थानीय शासन कार्यविधि २०६८ ले ३९ वटा सुचक पुरा गरेको अवस्थामा बालश्रम घटेको हुनु पर्ने उल्लेख थियो । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले बालमैत्री नगरका लागि थप १२ वटा बुँदा थपेर पहिला भएका बालश्रम लगायतका बुँदाहरु शंशोधन गरी बालमैत्री नगरका लागि बालबालिकाहरु श्रममा भएको भए ब्यवस्थित रुपले पुर्नस्थापना भएको हुनु पर्ने उल्लेख भए पछि पनौती नगरपालिकाले चालु आर्थिक वर्ष भित्रै सबै वडालाई बालश्रम मुक्त घोषणा गर्ने तयारी गरेको छ ।
वडा नम्बर ४, ७ र ९ मा श्रममा भएका केहि बालबालिकाहरुलाई पुर्नस्थापनाको तयारी गरिएको बालबालिका हेर्ने शाखा अधिकृत केशव बञ्जाराले बताए । वडा नम्वर ३ मा फागुन २७ गते, वडा नम्वर १० मा ३० गते, वडा नम्वर ६ मा चैत्र २ गते बालश्रम मुक्त घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
बालश्रम मुक्त गर्ने अभियानमा जुटेको पनौती नगरपालिकाले असार मसान्तसम्म श्रममा भएका सबै बालबालिकाहरुलाई पुर्नस्थापनाको योजना बनाएको बन्जाराले बताए ।
जिल्लाको बनेपा नगरपालिकामा सबै भन्दा धेरै बालबालिकाहरु श्रममा छन् । पनौतीलाई बालश्रम मुक्त गरिरहँदा त्यहाँ कार्यरत बालबालिकाहरु छिमेकी पालिकामा आउन सक्ने तथा छिमेकी पालिकाहरुबाट पनौतीमा बालश्रम मुक्त घोषणा भए पछि पनि जान सक्ने भएकाले छिमेकी पालिका र जिल्लाबाट नै बालश्रम मुक्त गर्न समन्वय बैठकको तयारी गरिएको शाखा प्रमुख बन्जाराले बताए ।
पनौती २ र ६ लाई बालश्रम मुक्त घोषणा कार्यक्रममा नगर प्रमुुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी, वडा अध्यक्षहरु, कर्मचारीहरु, विभिन्न संघ संस्था तथा विद्यालयका प्रधानाध्यापक र अध्यक्षहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पनौती २ र ६ लाई बालश्रम मुक्त घोषणा कार्यक्रममा नगर प्रमुुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी, वडा अध्यक्षहरु, कर्मचारीहरु, विभिन्न संघ संस्था तथा विद्यालयका प्रधानाध्यापक र अध्यक्षहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
वडा नम्वर २ का अध्यक्ष पुरुषोतम अधिकारीले बालश्रम मुक्त घोषणा पुर्व भएका गतिविधीहरु, तयारी तथा प्रतिवद्धताका बारेमा बताएका थिए । साविक कुशादेवी गाविसका वडा नम्वर ४,५,६,७,८ नम्वर वडा मिलेर पनौती २ घोषणा गरिएको थियो । उक्त वडामा ४ हजार ७ सय ६३ जनसंख्या रहेको छ । ५ वर्ष मुनि २ सय ५६, ५–१२ वर्षसम्मका ४ सय ६० र १३–१८ सम्मका ३ सय ६३ जना छन् । ८ सय ५४ घर घुरीबाट १४ वटा बाल समुह गठन गरी १ सय ३० जना बालबालिकाहरु उक्त समुहमा सक्रिय छन् ।
पनौती ६ मा वडा अध्यक्ष भिमप्रसाद आचार्यले वडामा भएका समग्र बस्तु स्थितीका बारेमा जानकारी गराउँदै बालश्रम मुक्त घोषणा गरिएको बताए ।
‘वडामा कसैले बालश्रम प्रयोग गरेमा वा बालबालिकाहरुलाई जर्बजस्ति श्रममा लगाएमा तत्काल खवर गर्नु हुन अनुरोध गर्दछु’–अध्यक्ष आचार्यले भने–‘बालबालिकाहरुलाई श्रममा हैन विद्यालय पठाउँ । श्रम गर्न सक्ने खालका बालिकाहरुलाई कानुनले तोकिए अनुसारको जिम्मेवारी दिउँ ।’






