बनेपामा खुल्ला दौड प्रतियोगिताका साथै महिला कार्यालय प्रमुखहरुलाई सम्मान

by | फाल्गुन २४, २०८०

बनेपामा खुल्ला दौड प्रतियोगिताका साथै महिला कार्यालय प्रमुखहरुलाई सम्मान

गोमा थापा
बनेपा
अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारी बनेपा नगरपालिकाको आयोजना तथा काभ्रे महिला उद्यमी मञ्च, महिला सरोकार समूह र उज्यालो महिला समुहको संयोजनमा २५ वर्ष उमेर कटेका महिलाहरुका लागि खुल्ला दौड प्रतियोगिताका साथै जिल्लामा कार्यरत ११ जना महिला कार्यालय प्रमुखहरुलाई सम्मान गरिएको छ ।

दौड प्रतियोगितामा ६९ बर्षिया अन्जिर मैया श्रेष्ठ लगायत ४६ जना महिलाहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा ८ मिनेट १८ सेकेण्डमा पनौती चकैकोटकी देवी तामाङ प्रथम भईन । उनलाई नगद १२ हजार ५ सय पुरस्कार उपलब्ध गराईएको थियो ।

बनेपा नालाबाट सहभागि भएकी सिर्जना तिावारीले ८ मिनेट २० सेकेन्डमा दौड पुरा गरी दोश्रो भईन् । उनले नगद १० हजार पुरस्कार प्राप्त गरिन । त्यस्तै बनेपा ७ की सिता अधिकारीले ८ मिनेट २१ सेकेण्डमा दौड पुरा गरी तेश्रो भईन् । उनले ७ हजार ५ सय पुरस्कार प्राप्त गरिन् । सान्वतना पुरस्कार प्राप्त गर्ने ज्योति हुमागाईले ८ मिनेट २१ सेकेण्डमै दौड पुरा गरेकी थिईन । उनलाई नगद २ हजार तथा प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।

बनेपा नगरपालिकामा कार्यरत महिला तथा जेष्ठ नागरीक शाखा अधिकृत बिजया सुवेदीका अनुसार नगरपालिकाले दौडका अतिरिक्त जिल्लामा कार्यरत ११ वटा कार्यालयका कार्यालय प्रमुखहरुलाई सम्मान गरेको छ ।

बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले नगरले नगर भित्र रहेका विभिन्न सघं संस्थाहरुसँगको समन्वयमा महिला दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको बताउँदै महिलाहरुलाई विभिन्न किसिमका शिपमुलक तालिम प्रदान गरि आत्मनिर्भर बनाउँदै आएको बताईन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महिला र पुरुषमा कुनै विभेद गर्न काननुनले बन्देज लगाएको बताईन् । ज्यालामा समेत महिलाहरुलाई विभेद गरिदै आएकोमा बताउँदै उनले घरेलु हिंसामा महिला बढी जोखिमा रहेको बताईन् ।

नारीले पनि अवसर पाएमा गर्न सक्छन भन्ने उदाहरण पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट समेत लिन सकिने बताउँदै शर्माले नारीले आफ्नो क्षमता बढाउनु पर्ने बताईन् । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्का, प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागई, वडा अध्यक्ष शुभलक्षमी मानन्धर, सहभागिका तर्फबाट अन्जिर मैया श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य सरोकार महिला समाजकी अध्यक्ष शोभा नकर्मिले राखेकी थिईन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का, पशु सेवा कार्यालय प्रमुख भेटेरिनरी अधिकृत डा.सिर्जा वाग्ले, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द अधिकृत डा.वशंवदा कौडिन्न्यायनी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शिक्षा समन्वय अधिकारी देवका ढकाल, जनस्वास्थ्य अधिकृत अनिता खनाल, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख डिभिजन प्रमुख मनिषा चापागाई, स्वास्थ्य बिमा बोर्ड काभ्रेका संयोजक मुना निरौला, पनौती जलविद्युत्त केन्द्र प्रमुख सविना उप्रेती, गुठी संस्थान प्रमुख उर्मिला आचार्य, राष्ट्रिय विमा कम्पनी लिमिटेड प्रमुख चण्डिका सापकोटालाई सम्मान गरिएको थियो ।