विद्यालय स्थापनाको ६३ वर्ष पछि शंखेश्वर महालक्ष्मीमा शैक्षिक प्रदर्शनी

by | फाल्गुन २४, २०८०

विद्यालय स्थापनाको ६३ वर्ष पछि शंखेश्वर महालक्ष्मीमा शैक्षिक प्रदर्शनी

शंखु÷धुलिखेल नगरपालिकाले विद्यालयहरुमा शुरु गरेको बहुकक्षा बहुस्तर कार्यक्रम अन्र्तगत विभिन्न विद्यालयहरुमा गरिएको शैक्षिक प्रर्दशनी विहिबार धुलिखेल नगरपालिका वडा नम्वर १२ मा रहेको शंखेश्वर महालक्ष्मी मावीमा आयोजना गरिएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सिकेका पाठ्यक्रमका विषयहरुलाई प्रयोगात्मक रुपले तयार गरी प्रर्दशनीमा राखिएको विद्यालयका प्रधानाध्यापक तेजबहादुर तामाङले बताए । विद्यार्थीहरुले सिकेका ज्ञानहरु सैद्दान्तिक रुपमा बुझेका भए पनि ब्यवहारीक रुपमा प्रयोगात्मक माध्यमबाट देखाउने अवसरका रुपमा विद्यालयले पहिलो पटक शैक्षिक प्रर्दशनी कार्यक्रमको आयोजना गरेको हो’–प्रधानाध्यापक तेजबहादुर तामाङले भने–‘शिक्षालाई बदलिँदो समय र परिस्थिती अनुसार प्रविधी मैत्री र ब्यवहारीक बनाउँदै लैजाने क्रममा शैक्षिक प्रर्दशनी पहिलो खुट्किलो रहेको छ ।’ शैक्षिक प्रर्दशनीमा वडामा रहेका दुई आधारभुत विद्यालय धनकाली र शंखेश्वरीले समेत भाग लिएका थिए ।

विद्यालयलाई भईरहेको जनशक्ति मार्फत अझै गुणस्तरीय शिक्षा प्रदान गर्न नेपाली र अंग्रेजी दुबै माध्यमबाट अध्यापन गराईरहेको प्रधानाध्यापक तामाङले बताए ।

उक्त क्षेत्रको सबै भन्दा पुरानो विद्यालय शंखेश्वर महालक्ष्मी २०१७ सालमा स्थापना भएको थियो । करिव ३ सय विद्यार्थी रहेको उक्त विद्यालयले शिक्षामा नयाँ प्रयोग र प्रविधीमैत्री ज्ञानका लागि जोड दिएको प्रधानाध्यापक तामाङले बताए ।

शैक्षिक प्रर्दशनी अवलोकनका लागि नगर प्रमुख अशोक ब्याञ्जु, शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी सहित विभिन्न शाखाका प्रमुखहरु, वडा अध्यक्ष मोहनप्रसाद लामिछाने, सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष गणेश आचार्य, नगर भित्रका करिव ४० विद्यालयका विद्यार्थीहरु, शिक्षकहरुको सहभागिता रहेको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर तामाङ, सल्लाहकार रुद्रहरी सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष चमारसिं तामाङ तथा सहभागिहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न तथा विद्यार्थीहरुलाई मेहनतका साथ अध्ययन गर्नु पर्छ भन्ने सन्देश दिन शैक्षिक प्रर्दशनी महत्वपूर्ण रहेको बताए । वडा अध्यक्ष मोहनप्रसाद लामिछानेले वडामा रहेका पाँचवटा विद्यालयको शैक्षिक अवस्था सुधार्न आवश्यक पहल, समन्वय र सहकार्य गरिरहेको बताए ।