नारी दिवसको अवसरमा धुलिखेलले गर्यो उत्कृष्ट २२ महिलालाई सम्मान

by | फाल्गुन २४, २०८०

नारी दिवसको अवसरमा धुलिखेलले गर्यो उत्कृष्ट २२ महिलालाई सम्मान

धुलिखेल÷धुलिखेल नगरपालिकाले ११४ औ अन्तराष्ट्रिय महिला दिवस २०८० को सन्दर्भमा प्रभातफेरी, महिलाद्वारा उत्पादित बस्तुको प्रर्दशनी, महिला सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

महिला परिषद् उपाध्यक्ष गिता तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख निराजन जंगम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का, कार्यालय प्रमुखहरु तथा विभिन्न सामाजिक संघ संस्थाका प्रमुखहरु, वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका बारेमा जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत सुुरेन्द्र थापाले स्थानीय सरकारहरुले परिषद्को परिकल्पना गरी कानून मार्फत गरिएको ब्यवस्थापनले सिर्जित परिषद्हरुबाट गरिएका कार्यहरुको सकारात्मक प्रयासका बारेमा जानकारी गराएका थिए ।

नगरपालिकाले कला क्षेत्रमा मोडलिङ्ग गरिरहेकी अनु पराजुली, चिकित्सा क्षेत्र सुवासना श्रेष्ठ, राजनीतिक क्षेत्रबाट विमला शर्मा चौलागाई, नर्सिङ्ग क्षेत्रबाट विद्यावारिधी गर्ने रीना ब्याञ्जु श्रेष्ठ, शिक्षा क्षेत्रबाट योगलक्ष्मी श्रेष्ठ, महिाल उद्यमशिलताको क्षेत्रबाट निर्मला पौडेल र सुलेखा ब्याञ्जु, महिला स्वंसेविका सरस्वती सापकोटा र अटो चालक मिना वम लगायतलाई सम्मान गरिएको थियो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का लगायत ११ जना कार्यालय प्रमुखहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा पशु सेवा कार्यालय प्रमुख भेटेरिनरी अधिकृत डा.सिर्जा वाग्ले, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द अधिकृत डा.वशंवदा कौडिन्न्यायनी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शिक्षा समन्वय अधिकारी देवका ढकाल, जनस्वास्थ्य अधिकृत अनिता खनाल, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख डिभिजन प्रमुख मनिषा चापागाई, स्वास्थ्य बिमा बोर्ड काभ्रेका संयोजक मुना निरौला, पनौती जलविद्युत्त केन्द्र प्रमुख सविना उप्रेती, गुठी संस्थान प्रमुख उर्मिला आचार्य, राष्ट्रिय विमा कम्पनी लिमिटेड प्रमुख चण्डिका सापकोटा छन् ।

त्यस्तै बालज्योती आधारभुत विद्यालयका प्रधानाध्यापक कौमा काफ्ले र पूर्ण सञ्जिवनी लंखनामाई माविका प्रधानाध्यापक गायत्री तिमल्सिनालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा अनिशा तामाङ, लोक गायक रामहरी न्यौपाने, नृत्य सिर्जना थोकर, गायिका सावित्री मगर, दोहोरी गायक प्रदिप रोक्का र अमृता लुङ्गेलीले सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।