नारी दिवसमा महिला बाईक राईडरहरुले गरे काठमाडौबाट बनेपासम्मको र्‍याली

by | फाल्गुन २५, २०८०

नारी दिवसमा महिला बाईक राईडरहरुले गरे काठमाडौबाट बनेपासम्मको र्‍याली

बनेपा/नेपाल अटोमोवाईल एसोसियसन,नासा नेपाल अन्तर्गत वमेन कमिसनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं देखि बनेपासम्म र्‍यालीआयोजना गरेको छ । विश्व अटोमोवाईल खेल क्षेत्रमा लोकप्रियता र रुचि दिने युवाहरु प्रति दिन बढ्दै गैरहेका. छन् ।

नेपालमा पनि यो खेल युवाहरु माझ लोकप्रिय बदै गैइरहेको छ । काठमाडौं छाउनी स्थित द लिफलाउन्ज देखि शुरु भएको र्‍याली बनेपा नगरपालिकामा आएर समापन भएको थियो ।

नासा नेपालले विगत १५ वर्ष देखि मोटर स्पोर्टस र ड्राईभ टुरिजम्मका पारखीहरुले नयाँ–नयाँ कार्यक्रमहरु आयोजना गर्ने गरेको छ । यो सामान्य ¥याली मात्र नभई सुरक्षित यात्रा, ट्राफिक नियम पालन र यात्रा गर्दा अपनाउनु पर्ने सुरक्षाको सन्देश समेत दिएको छ । ¥यालीमा ५० भन्दा धेरै महिला वाईक राइडर तथा स्कुटर राइडरको सहभागिता रहेको थियो ।

 

कार्यक्रम संयोजक दुर्गालक्ष्मी रन्जितकारले यस्ता कार्यक्रमहरुले महिलाहरुमा साहस, उत्साह र समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुने बताईन् । बनेपामा स्वागत गर्दै रञ्जितकारले महिलाहरुमाथी हुने विभेद, तथा लैङ्गिक हिंसाका साथै महिलाहरु केहि गर्न सक्दैनन भन्ने सोच भएकाहरुलाई महिलाहरु पनि सक्षम छन्, अवसर पाउँदा गर्न सक्छन भन्ने सन्देश प्रवाहका लागि माध्यम बनेको बताईन् ।

बनेपामा आयोजित स्वागत कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ काभ्रेको टिमले पनि स्वागत गरेको थियो । स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले समेत उनिहरुलाई स्वागत गरेका थिए ।