धुलिखेलमा खानेपानी खुवाएको भन्दै ८४ वर्ष पछि संस्थापकको शालिक
धुलिखेल÷तत्कालिन धुलिखेलका चारवटा टोल, अड्डा बजार र कारागार समेतलाई गरी जरनडाँडाबाट अड्डा बजारसम्म ७ वटा खानेपानीका धारा जडान गर्न श्री ३ जुद्धशमशेरको दरवारमा पुगेर खानेपानी उपलब्ध गराउन सफल भएका धुलिखेलका श्रीनाथ ब्याञ्जुको शालिक अनावरण गरिएको छ ।
१९९६ सालमा उक्त धारा जडान गरिएका थिए । श्री ३ जुद्धशमशेर धाराका संस्थापक स्व. श्रीनाथ ब्याञ्जुको ८४ वर्ष पछि धुलिखेलको हरिसिद्धीमा अर्ध कदको शालिक अनावरण गरिएको हो ।
नगरपालिका प्रमुख अशोक ब्याञ्जुले शालिक अनावरण पछि धुलिखेलमा खानेपानी ंब्यवस्थापनमा भएका इतिहास देखी बर्तमानसम्मका अभ्यास, अनुभव र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।
धुलिखेलमा धारा उद्घाटन गर्न जुद्धशमशेर आएका थिए । त्यतिबेला स्थानीयहरुले ७ वटा गेट निर्माण गरेर भब्य स्वागत गरेका थिए । ब्याञ्जु परिवारका सदस्यहरुले संकलन गरेको रकमबाट २ लाख ३५ हजार रुपैया खर्च गरेर उक्त शालिक निर्माण गरिएको थियो ।
धुलिखेल नगरपालिकाले १ सय वर्ष पहिला देखिका विषय समेटेर पुस्तक प्रकाशन गरेको छ । शालिक अनावरण कार्यक्रममा मिश्रीलाल ब्याञ्जु, रधुविर ब्याञ्जु, अन्जनीकुमार कोँजु, सुरेशकुमार ब्याञ्जु, सन्तोषकाजी ब्याञ्जु लगायतले इतिहास र वर्तमान सहित भविश्यका लागि पुस्ताहरुले पु¥याएको योगदानको स्मरण गर्नु पर्ने बताएका थिए ।
शालिक निर्माण समितिका संयोजक सन्तोषकाजी ब्याञ्जुले श्रीनाथ ब्याञ्जुले ब्यक्तिगत लोभ र स्वार्थ त्यागेर समुदाय र समाजको हिताका लागि कार्य गरेकाले परिवारको तर्फबाट शालिक निर्माण गरेको बताए । शालिक अनावार कार्यक्रममा वडा अध्यक्षहरु गणेश आचार्य र विनोद गौतम सहभागि थिए ।
धुलिखेलमा खानेपानीको इतिहास
धुलिखेलमा पहिला कुवा र पँधेराहरुबाट खानेपानीको ब्यवस्थापन हुने गरेको थियो । धुलिखेलमा खोला, नाला नभएकाले खानेपानीको चरम अभाव थियो । त्यतिबेला पँधेरा र कुवाहरुमा पानी लिन लाईन बस्नेहरु सयौं हुन्थे ।
पशुपालन, खेतिपाती तथा ब्यक्तिगत प्रयोजनका लागि त्यहि पानीको श्रोतको भर पर्नु पर्दथ्यो । दुई सय वर्ष अघि गंगा महारानीले धुलिखेलको जंगलबाट राजकुलो खनेर खानेपानीको ब्यवस्थापन गरेकी थिईन् । त्यस पछि जुद्ध शमशेरले श्रीनाथ ब्याञ्जुको अगुवाईमा खानेपानीका लागि ७ वटा धारा निर्माण गरिदिएका थिए । जुन आज पनि संरक्षित छ । त्यस पछि भारतिय दुतावासको सहयोगमा खानेपानीको ट्याङ्की निर्माण भएको थियो ।
त्यस पछि पुर्व नगर प्रमुख बेलप्रसाद श्रेष्ठ लगायतको पहलमा जर्मन सरकारको सहयोगमा खानेपानी ब्यवस्थापन गरिएको थियो । अशोक ब्याञ्जु अध्यक्ष रहेको काभ्रे एकिकृत खानेपानी ब्यवस्थापन शुरु भएको छ । केहि काम बाँकी छ ।
केहि क्षेत्रमा खानेपानी वितरण शुरु भएको छ । नेपालमा धेरै खानेपानी उपलब्ध गराउने पालिकाहरु भित्र धुलिखेल पर्छ । घर घरमा धारा निर्माण अभियान शुरु भएको छ । २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भए लगत्तै जनताको घरमा खानेपानी पुग्नु पर्छ भन्ने उदेश्य र योजना सहित शुरु भएको अभियान ९२ प्रतिशत सकिएको छ । नेपालको सबै भन्दा धेरै र उपभोक्ताहरुको पहलमा खानेपानी निर्माण भएको शहरका रुपमा धुलिखेललाई चिनिन्छ ।
पहिलो खानेपानी सम्मेलन, फोहोर पानी प्रशोधन, पुस्तक प्रकाशन गरी अन्र्तराष्ट्रिय स्तरमा समेत अध्ययन गरिएको छ । धुलिखेल खानेपानीका लागि विगत, वर्तमान र भविश्य समेतको ब्यवस्थित योजनामा सक्रिय भएको छ ।
खानेपानीको ब्यवस्थित ब्यवस्थापनका लागि धुलिखेलका अग्रजहरु, पुर्व जनप्रतिनिधिहरु र विभिन्न क्षेत्रका ब्यक्तिहरुको सक्रिय भूमिका छ ।






