आजाद माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सब

by | फाल्गुन २५, २०८०

आजाद माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सब

बनेपा÷जिल्लाको पुरानो विद्यालय आजाद माध्यमिक विद्यालयको ७४ औ वार्षिक उत्सब विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का अध्यक्ष बलराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको छ ।

वडा अध्यक्ष अधिकारीले विद्यालयको भौतिक पुर्वाधार सम्पन्न भएकाले अब गुणस्तरीय शिक्षामा विशेष जोड दिनु पर्ने बताए । संस्थागत भन्दा सामुदायीक विद्यालयहरु पछिल्लो समयमा सुधारिदै गएकाले सामुदायीक विद्यालयलमा सम्पुर्ण सुविधा हुँदा–हुदै पनि विद्यार्थीहरुको रुचीमा कमी आउनु दुखद भएको अधिकारीले बताए । कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी सापकोटाले नगर भित्र रहेका सम्पुर्ण सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार आवश्यक रहेको बताईन् । नगरपालिकाले समय समयमा अनुगमन गरिरहेका, गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाले सामुदायीक विद्यालयलाई सहयोग गर्न कुनै कुसर बाँकी नराखेको बताईन् ।

नगरले अब विद्यार्थी कम भएका विद्यालयहरु मर्ज गर्न लागेको र शिक्षक दरबन्दी मिलानलाई तिब्रता दिएको बताईन् । सामुदायीक विद्ययालयमा दिवा खाजा, सेनेटरी प्याड, आईसिटि ल्याब लगाएतका थुप्रै सुविधा रहेको सापकोटाले बताईन् ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रध्यानाध्यापक रामनाराण श्रेष्ठले प्रस्तुत गरेका थिए । श्रेष्ठले ईसिडि देखी कक्षा १२ सम्मका कक्षाहरु सञ्चालन हुँदै आएको कक्षा ११ र १२ मा प्राविधिक, विज्ञान, होटल मेनेजमेन्टका विषयहरुको अध्यापन हुँदै आएको बताए ।

बजारमा आवश्यक जनशक्ति उत्पादन गर्ने खालको शिक्षा प्रदान गर्दै आएको श्रेष्ठले बताए । कार्यक्रममा विभिन्न ब्यक्ति तथा संस्थाले विद्यार्थीहरुलाई नगद ७० हजारको छात्राबृत्ति प्रदान गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य शिक्षक सुन्दर श्रेष्ठले राखेका थिए ।

कार्यक्रम सञ्चालन सुकन्द अधिकारीले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।