घरबाटै लिन सकिने धुलिखेल अस्पतालको टेलीमेडिसिन सेवा
धुलिखेल÷धुलिखेल अस्पतालले २०८१ बैशाख १ गतेसम्म निशुल्क टेलीमेडिसिन सेवा शुरु गरेको छ । आईतबारबाट शुक्रबारसम्म उक्त सेवा संचालन भईसकेको छ ।
विदेशमा रहने नागरिकहरुले आफु बसेकै स्थानमा रहेर उक्त सुविधा लिन सकिने कार्यक्रम संयोजक निशा थापाले बताईन् । कार्यक्रम संयोजक थापाका अनुसार हरेक दिन आईतबारबाट शुक्रबारसम्म उक्त सेवा उपलब्ध हुनेछ ।
सेवाग्राही नागरिकहरुले नाम सहित आफ्ना समस्या अस्पतालले उपलब्ध गराएको फोन नम्वरमा भाईबर, ह्वाट्सअफ वा फोन मार्फत टिपाउन सक्ने ब्यवस्था अस्पतालले गरेको छ । उक्त समस्यालाई डाक्टरसँग परामर्श गरी समाधान सहितको जानकारी गराउने गरी ब्यवस्था गरिएको थापाले बताईन् । अस्पतालले उक्त सेवाका लागि +९७७–९८०११५०४२५ मा सम्पर्क गर्न सक्ने ब्यवस्था मिलाएको छ भने WWW.dhulikhelhospital.org मा समेत सम्पर्क गर्न सकिने ब्यवस्था गरेको छ ।






