प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ‘ह्विप’

by | फाल्गुन २८, २०८०

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको 'ह्विप'

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ‘ह्विप’ जारी गरेका हुन । कांग्रेसले जारी गरेको ‘ह्विप’ मा फागुन ३० गते बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न भनिएको छ ।

नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको थियो । यससँगै प्रधानमन्त्री प्रचण्डले पर्सि बुधवार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन ।