यसकारण अल्छीपन प्रगतिको इन्जिन हो
साङ्केतिक तस्बिर
नेपाली वृहत शव्दकोशका अनुसार अल्छीपन भनेको आलस्य,सुस्तीपना, काममा मन नलाग्ने भाव, जाँगर नभएको स्थिति हो । अल्छी हुनु भनेको जाँगर, उत्साह, ऊर्जा सिथिल भएको स्थितिका रुपमा धेरैले वुझ्ने गर्दछन् । यसले हाम्रो सुखसयल र सफलतामा भाँजो हाल्ने भन्दै हामी अल्छीपनबाट सकेसम्म भाग्न खोज्छौं । तर कोलम्बियाका नागरिकहरू भने यस्तोमा विश्वास गर्दैनन् । सन् १९८५ देखि कोलम्बियाका नागरिकहरूले विश्व अल्छी दिवस मनाउँदै आएका बीबीसीले जनाएको छ ।
उनीहरू मेडेयिनको दक्षिणमा रहेको इटागुइ नगरपालिकामा कला र संस्कृति पर्वको अन्तिम दिन खाटमा बसेर परेड खेल्छन्।
आयोजकहरू आधुनिक विश्वमा सुस्ताउन तथा कला, संस्कृति जगेर्ना गर्न सिक्नुपर्ने विश्वास गर्छन्। उनीहरु अल्छीपनलाई प्रगतिको इन्जिनका रुपमा समेत लिन्छन् ।
यस कारण अल्छीपन प्रगतिको इन्जिन हो
जब तपाइलाई पकाउन असाध्यै अल्छी लाग्छ तब तपाई रेष्टुराँ जानुहुन्छ
जब तपाइलाई लुगा धुन असाध्यै अल्छी लाग्छ तब तपाई वाशिङ मशिन किन्नुहुन्छ
जब तपाईलाई लथालिंग घर व्यवस्थित गर्न असाध्यै अल्छी लाग्छ तब तपाई कुनै सहयोगी खोज्नुहुन्छ
आधुनिक विश्वले सुस्ताउन जान्नुपर्छ र कला, संस्कृति जगेर्ना गर्न तथा आराम गर्न सिक्नुपर्दछ ।
जीवनमा काम गर्नु मात्रै सबैथोक होइन भन्ने सिकाउनका लागि पनि अल्छीपन आवश्यक छ






