आर्दश विद्यामन्दिरमा शिक्षक र विद्यार्थीका लागि योग शिविर

by | फाल्गुन २८, २०८०

आर्दश विद्यामन्दिरमा शिक्षक र विद्यार्थीका लागि योग शिविर

बनेपा /आर्दश विद्यामन्दिर स्कूलले स्वस्थ जीवन शैली जीउन सिप सिकाईका लागि कक्षा १० देखी १२ सम्मका विद्यार्थी र शिक्षकका लागि तिन दिने योग शिविरको शुरुवात गरेको छ ।

‘गरौं योग, बनौं निरोग’भन्ने नाराका साथ आयोजित शिविर फागुन २८ देखी फागुन ३० गते सम्म एविएम फूटसलमा सञ्चालन गरिनेछ । पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रोवेन तौजलेले योग शिविरबाट विद्यार्थीहरूलाई अनुशासित बन्न मात्र नभएर स्वस्थ जीवन जीउन र असल नागरिक बन्नका लागि मद्दत पुग्ने बताए । हरेक वर्ष विद्यालयमा गरिँदै आएको योग शिविरले विद्यार्थीलाई रचनात्मक बन्नका लागिउत्प्रेरित गरेको तौजलले बताए ।

काठमाडौं विश्वविद्यालयको योग तथा प्राकृतिक चिकित्सालयको सहकार्यमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको स्वस्थ जीवन शैली जिउने सिप सिकाईका लागि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको एकाई–११ अन्र्तगत रहेर विद्यार्थीहरूले अनिवार्य रुपमा सिक्नुपर्ने प्रयोगात्मक योग ध्यान र स्वस्थ जीवन शैली सम्वन्धी प्रयोगात्मक कक्षा सञ्चालन प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले बताए ।


योग अभ्यासलाई विद्यार्थी शिक्षकको आन्तरिक मूल्यांकनको विषय बनाउनुका साथै छिमेकी विद्यालयहरूलाई पनि आमन्त्रण गरिएको छ । आर्दश विद्यामन्दिरले सामाजिक अध्ययन विषयमा भएका जीवनोपयोगी सिप, समाजको विकास र दर्शन, सामाजिकजीवन, इतिहास, सामाजिक पहिचान, नागरिक सचेतना, शिक्षा र विकास सम्वन्धी पाठहरूलाई व्यावहारिक रुपमा सिकाउँदै आएको छ ।

प्राध्यापक एंव मानव अधिकारकर्मी भोजराज तिमल्सिनाको अध्यक्षतामा भएको योग शिविरको सञ्चालन विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले गरेका थिए । कार्यक्रममा पतञ्जली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायस्थ, महिला पतञ्जली योग समितिकी अध्यक्ष अनु श्रेष्ठ, युवा नेपालका अध्यक्ष रमेश श्रेष्ठ, पतञ्जली योग समितिका मोहनकृष्ण बैद्य, श्याम श्रेष्ठ, शोभा नकर्मी, हिमानी श्रेष्ठ, कृष्णप्रसाद नराल र राजेन्द्र सापकोटा लगायतले प्रयोगात्मक अभ्यास गराएका थिए ।