काभ्रेपलाञ्चोक जिल्लाका ४२ स्थानमा आगलागी, ८ सय १८ हेक्टर वन जलेर नष्ट

विकास तिमल्सिना
धुलिखेल
फागुन, चैत्र र बैशाखको दोश्रो सातासम्म जिल्लाका ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भएको छ । नीजि पाखो, घर तथा टहरामा पनि आगलागी भएका छन् । ब्यक्तिको लार्पवाही तथा जानीजानी लगाएको आगोका कारण ८ सय १८ हेक्टर क्षेत्रफल बन जलेर नष्ट भएको छ ।

डिभीजन वन कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी सरिता लामाका अनुसार डिभीजन वन अन्तर्गत रहेका सव डिभीजन वन कार्यालय अन्र्तगत रहेका सामुदायिक र राष्ट्रिय वनमा आगलागी भईरहेको छ । केहि स्थानमा नियन्त्रणमा आए पनि धेरै स्थानमा आगलागी भईरहेको छ । सव डिभीजन वन कार्यालय चौवास अन्र्तगत १० स्थानमा आगलागी भएको छ । जस अन्र्तगत ४ सय २२ हेक्टर वन क्षति भएको छ ।

त्यस्तै सव डिभीजन वन कार्यालय जनागाल अन्र्तगत चार स्थानको ३२ हेक्टरमा आगलागी भएको छ । सव डिभीजन वन कार्यालय महादेवस्थान अन्तर्गत ५ स्थानमा १५.५ हेक्टरमा आगलागी भएको छ । सव डिभीजन वन कार्यालय कटुन्जे अन्र्तगत २ स्थानमा १८२ हेक्टरमा आगलागी भएको छ । सव डिभीजन वन कार्यालय खोपासी अन्र्तगत ८ स्थानको ४३ हेक्टरमा आगलागी भएको छ ।

त्यस्तै सव डिभीजन वन कार्यालय नमोबुद्ध अन्र्तगत १३ स्थानको १ सय २३ हेक्टरमा आगलागी भएको छ । आगलागीका कारण बन्यजन्तु, बोट विरुवा र लोपोन्मुख वनस्पतिहरु समेत नष्ट भएका छन् । प्रहरीले आगलागी गर्ने ब्यक्तिहरुको पहिचान गरी केहिलाई नियन्त्रणमा लिएर कारवाही पनि गरेको छ । केहिको पहिचान गर्न बाँकी छ । आगो लगाउने मध्येका केहि आफै जलेर घाईते भएका छन् । तेमालमा एक जनाको आगो निभाउन जाने क्रममा निधन भएको छ ।

डिभिजन वन कार्यालयले चालु वर्षमा केहि बन्यजन्तुको उद्धार गरेको छ । उद्धार गरिएका मध्ये सुन कछुवा जिउँदै उद्धार भएको छ भने पोथी चितुवा मृत अवस्थामा फेला पारिएको छ । मृगको बच्चा जिउँदै अवस्थामा फेला परेको छ । तीन वटा भाले चितुवा मृत अवस्थामा फेला परेको छ । दुम्सी मृत अवस्थामा फेला परेको छ । रतुवा मृग मृत अवस्थामा फेला परेको छ । घाईते अवस्थामा फेला परेको पोथी मृगको पछि मृत्यु भएको छ ।