मे १ देखि चीन जाने नेपालीको भिसा शुल्क नलाग्ने

नेपाली नागरिकलाई चीनले भिसा शुल्क नलिने भएको छ। आगामी मे १ तारिखदेखि चीन जाने नेपालीले उक्त शुल्क तिर्नु नपर्ने नेपालस्थित चिनियाँ दूतावासले जनाएको हो।
एक्सप्रेस–२ र एक्प्रेस–१ भिसाका लागि भने क्रमशः २ हजार ७ सय र ४ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै समूहतर्फ एक्सप्रेस–२ र एक्प्रेस–१ भिसा क्रमशः १ हजार ३ सय ५० र २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।
तेस्रो अन्तर्राष्टिय लगानी सम्मेलनमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सी (सीआईडीसीए) प्रमुख लुओ झाओहुईले मे १ देखि लागू हुने गरी नेपाली नागरिकहरूलाई नियमिततर्फ भिसा शुल्क तिर्नुनपर्ने बताएका थिए ।
त्यस्तै सम्बोधनका क्रममा उनले चीन–नेपाल सम्बन्ध थप उचाइमा पुग्ने पनि बताए । प्रमुख लुओ झाओहुईको सम्बोधनलगत्तै चिनियाँ दूतावासले एक सूचना जारी गर्दै भिसा शुल्कसम्बन्धी नयाँ नीतिबारे जानकारी दिएको हो । उक्त सूचना नेपालका लागि चिनियाँ राजदूत छन सोङले पनि एक्समा पोस्ट गरेका छन् ।
चिनियाँ राजदूत छन सोङले बताएका छन्। चीन र नेपालबीच मैत्री तथा वैयक्तिक आदानप्रदान सहजीकरण गर्न चिनियाँ दूतावासले भिसा शुल्क छुट गरिएको बताए ।
यसअनुसार चीन जाने नेपालीको स्ट्यान्डर्ड भिसाअन्तर्गतका सिंगल, डबल, हाफ इयर मल्टिपल, वान इयर मल्टिपल र ग्रुप भिसा (सिंगल) तर्फको नियमित तर्फ कुनै शुल्क तिर्नुपर्नेछैन।