श्रीकृष्ण प्रणामी मन्दिर बनेपाको २८ औं वार्षिकोत्सव

बनेपा/श्रीकृष्ण प्रणामी मन्दिर बनेपाको २८ औ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । वार्षिकोत्सवको अवसरमा श्रीमद तारतमसागर पाठपारायण, कथा प्रवचन, भजनकिर्तन सहित विविध कार्यक्रमहरु आयोजना गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई समिति बनेपाका अध्यक्ष हरि प्रसाद पराजुलिले जनाकारी दिए ।

बैशाख १५ देखी १९ गते सम्म पण्डित घनश्याम अधिकारी र पुरुषोतम खतिवडाले कथावाचन गर्ने छन् भने हरेक दिन सेवा पुजा, प्रवचन, गौरी आरती र भजन किर्तन हुनेछ ।

वार्षिकोत्सवको सुरुवात बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटाले गरेकी थिईन् । सापकोटाले सबै धर्म समान रहेकाले सबैले मान्ने धर्मलाई समान रुपमा हेर्नु पर्ने बताईन् ।

आ–आफ्ना धर्मको आ–अफ्नै महत्व, संस्कृती हुने भएकाले कसैले पनि अरुको धर्मप्रति निन्दा गर्न नहुने सापकोटाको भनाई थियो । कार्यक्रममा स्वागत मन्तब्य बनेपा इकाई समितिका उपाध्यक्ष प्रकाश अधिकारीले राखेका थिए भने शुभकामना मन्तब्य श्रीकृष्ण प्रणामी जिल्ला समितिका उपाध्यक्ष बद्री प्रसाद फुयाल लगाएतले राखेका थिए ।

कार्यक्रममा पुर्व सञ्चार मन्त्री तथा प्रतिनिधि सभा सांसद गोकुल बास्कोटा, वागमती प्रदेश सांसद कञ्चन चन्द्र बादे, नगर प्रमुख शान्तिरत्न शाक्य लगाएतको उपस्थिती रहनेछ । कार्यक्रमको सभापतित्व बनेपा इकाई समितिका अध्यक्ष हरि प्रसाद पराजुलीले गरेका थिए भने सञ्चालन उद्धब प्रसाद तिमल्सिनाले गरेका थिए ।