बझाङ प्रदेश सभामा एमालेका भण्डारी विजयी

बझाङ प्रदेश सभा १ मा एमालेको दमन भण्डारी विजयी भएका छन् । कांग्रेस उम्मेदवार अभिषेक सिंहलाई २६७ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन् । अघिल्लो पटक यो क्षेत्रमा कांग्रेस विजयी भएको थियो । तर उपनिर्वाचनमा कांग्रेस पराजित भएको हो ।

भण्डारीले ११ हजार ६१३ र कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।