सुहाङ ५ हजार ३ सय मतले अगाडि

काठमाडौं / इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले झण्डै ५ हजार मतको अग्रता बनाएका छन्।
३४ हजार २६ सदर मत गणना हुँदा नेम्वाङले १३ हजार ९ सय मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ८ हजार ९ सय १४ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन्।
चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १ हजार ९ सय ४५ मत ल्याएका छन्।