पनौतीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
पनौती/ समाजसेवी, शिक्षासेवी तथा नाट्यकर्मी स्वर्गीय मच्छेनारायण कर्माचार्याको स्मृतिमा मच्छे क्लिनिक पनौतीले एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
स्वास्थ्य शिविरमा रगतको परिक्षण, एक्सरे, थेरापी लगायतका सेवा निशुल्क उपलब्ध गराइएको थियो । मुटुरोग, सामान्य चिकित्सा, बालरोग लगायतका डाक्टरहरुले दिनभर पनौती क्षेत्रका जनसमुदायको स्वास्थ्य परिक्षण गरेका थिए भने आवश्यक औपाधि पनि निशुल्क उपलब्ध गराइएको थियो ।
स्वास्थ्य शिविरमा करिब दुई सय पचास जनाले स्वास्थ्य परिक्षण गराएका आयोजक मच्छे क्लिनिक पनौतीका प्रताप कर्माचार्यले बताए ।
स्वास्थ्य शिविरको समापन कार्यक्रममा सेवा प्रदान गर्ने डाक्टरहरु, स्वास्थ्य स्वयमसेवकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
शिविरको समापन गर्दै मच्छे क्लिनिक पनौतीका प्रोपाइटर प्रदीप कर्माचार्याले स्वर्गीय पिताको सम्झनामा सामाजिक काम गर्न पाउँदा हर्ष लागेको बताए ।