बनेपा आधारभुत नगर अस्पतालको प्रथम स्थापना दिवस

बनेपा÷ बनेपा आधारभुत नगर अस्पतालको प्रथम स्थापना दिवस नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी शाक्यले नगर अस्पतालाई पुर्ण रुपमा सञ्चालन गर्नका लागी भवनको अभाब भएकाले छिट्टै उक्त भवन बन्ने प्रक्रियामा गएको बताए ।

नाला भेग तथा आसपासको क्षेत्रका नागरीकहरुका लागी उक्त अस्पातालमा सेवा लिन सहज हुने भएकाले अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाहरु गुणस्तरीय हुनसपर्नेमा उनले जोड दिएका छन ।

नगरले सबै वडाका नागरीहहरुलाई स्वस्थ राख्नका लागी विभिन्न स्वास्थ्यका कार्यक्रमहरु गर्दे आएको र नगर आधारभुत अस्पतालमा स्वास्थ्य विमाको सेवा प्रदान गर्न लागिएको उनले जानकारी दिए । कार्यक्रममा उप–प्रमुख विमला सापकोटाले अस्पताललाई सबै क्षेत्र बाट सहयोग आबश्यक रहेको बताईन् ।

अस्पतालमा कार्यरत कर्मचारीहरुले सेवाग्राहीहरुलाई गर्ने ब्यबहार राम्रो हुनु पर्ने, अस्पतालले दिने सेवा प्रभावकारी हुनु पर्ने उनले बताईन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई, स्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपती श्रेष्ठ, वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमका वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले नगर आधारभुत अस्पताल सञ्चालन गर्न सबै क्षेत्रको सहयोग रहेको बताए । अस्पतालमा २४ सै घण्टा इमरजेन्शी सेवा, बर्थिङ सेन्टर, रेविजको उपचार, बालरोग, क्षयरोगको उपचार, मानसिक रोगको परिक्षण, सामान्य उपचार, निशुल्क औषधी लगाएतका सेवा प्रदान भैईरहेको छ ।

अस्पतालमा एक्स–रे मेशीन र एम्बुलेन्सको आबश्यकता भएकाले आगामी आर्थिक वर्षमा प्राप्त हुने श्रेष्ठले बताए । अस्पतालमा हाल २ जना डाक्टर सहित १८ जना कर्मचारी कार्यरत रहेका छन् । कार्यक्रममा स्वागत मन्तब्य डाक्टर विनोद कुमार मण्डलले राखेका थिए । अस्पतालबाट १ वर्षमा २ हजार भन्दा बढीले सेवा लिएका छन ।