चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल
फाइल तस्बिर ।
काठमाडौं / वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर वेस्ट इन्डिजका कप्तान रोस्टन चेजलेले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए ।
शृंखला बराबरी गर्न आज नेपाललाई जित्नै पर्ने दबाब छ । नेपालले यसअघि तीनमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो । आजको खेलमा जित निकाले वेस्ट इन्डिज ‘ए’ ले अन्तिम खेलअगावै शृंखलाको उपाधि जित्नेछ ।
यसअघि पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।