आत्महत्या न्यूनिकरण सम्वन्धी रिपोर्टिङ्ग विषयक अभिमुखिकरण

बनेपा/संचारिका समुह काभ्रेले बनेपा नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाका संचारकर्मीहरुलाई आत्महत्या न्यूनिकरण गराउने सम्वन्धी रिपोर्टिङ्ग गर्न सहज बनाउने उदेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।
नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिकालाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरिदिन अनुरोध गर्दै नगरपालिकाका थुप्रै विषयहरु संचारमाध्यम र संचरकर्मीको आँखामा पर्ने भएकाले त्यस बारे समयमै जानकारी गराईन दिन अनुरोध गरे ।
उपप्रमुख विमला सापकोटाले नगर भित्र बढिरहेको आत्महत्या दरलाई न्युनिकरण गर्न संचारमाध्यमहरुले खेल्नु पर्ने भूमिका प्रभावकारी बनाउन सकियो भने नागरिकहरुको अकालमा ज्यान जानबाट रोक्न सकिने बताईन् ।
संचारिका समुहकी अध्यक्ष सुनिता सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले धारणा राखेका थिए ।