बनेपा–११ ले गरायो ज्येष्ठ नागरिकलाई तिर्थाटन

बनेपा/बनेपा नगरपालिका वडा नम्वर ११ ले वडामा रहेका ज्येष्ठ नागरिकहरुलाई तिर्थाटान गराएको छ । वडाका १ सय ८० जना नागरिकहरुलाई रामेछाप र सिन्धुलि जिल्लामा रहेको प्रशिद्ध धार्मिक स्थल कुशेश्वर महादेव र खाँडादेवी मन्दिरमा दर्शन गराएको हो । वडा अध्यक्ष शिब कुमार थापाले वडामा रहेका सम्पुर्ण ज्येष्ठ नागरिकहरुलाई तिर्थटानमा सहभागि गराईएको बताए ।

वडा कार्यालय भनेको वडाका नागरिकहरुको अभिभावक भएकाले ज्येष्ठ सदस्यहरुलाई केन्द्रमा राखी विभिन्न कार्य गर्दे आएको वडा अध्यक्ष थापाले बताए । वडामा ज्येष्ठ नागरिक केन्द्र, शान्ति पार्क, अपाङ्ग मैत्री सडक, स्वास्थ्य, एक घर एक धारा जडान लगाएतका विकास निमार्णका कामहरु गरेको बताए ।

वडावासीहरुका लागी सिपमुलक तालिम, कृषि सामाग्री प्रदान गरेको उनले बताए । वडा अध्यक्ष थापाले भने, वडामा विकासका सबै सूचकहरुमा काम भएको छ । रोजगारीका सवालमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम देखि सीपमूलक तालिम सञ्चालन सम्मका काम भएका छन् । वडाको सीमित बजेट, जनताको ठुलो अपेक्षा, वडाको बजेटबाट मात्रै सबै विकास, निर्माणका काम गर्न गाह«ो छ, मैले नगरपालिका बाट मात्रै नभई प्रदेश र संघीय सरकारको ढोकासम्म पुगेर वडाका लागि बजेट विनियोजन गराउन सफल भएँ । त्यसले वडामा दीर्घकालीन विकासको आधार स्तम्भ तयार भएको छ ।