स्टेशनरीको सफलतासँगै नव प्रभात पुस्तक भन्डार टिमले शुरु गर्‍यो माता सेतीदेवी सप्लायर्स

बनेपा/दुई दशक भन्दा लामो समय देखि काभ्रेपलाञ्चोकको बनेपामा स्टेशनरी ब्यवसाय सफलतापुर्वक संचालन गरी काभ्रेपलाञ्चोक र पुर्वी जिल्लाहरुमा समेत सेवा विस्तार गरेको नव प्रभात पुस्तक भण्डारको टिमले विद्यालयका लागि आवश्यक पर्ने विभिन्न सामाग्रीहरु एकै स्थानमा उपलब्ध गराउने उदेश्यले शनिबारबाट माता सेतिदेवी सप्लायर्स संचालनमा ल्याएको छ ।

प्याब्सन नेपालका उप महासचिव भिमसेन केसीले जिल्लामै पहिलो पटक एकै स्थानबाट प्राप्त गर्ने सामाग्री सहितको माता सेतिदेवी सप्लायर्सको शुभारम्भ गरेका थिए ।

शुभारम्भ कार्यक्रममा सप्लायर्सका बारेमा जानकारी दिदै संचालक कृष्णराम कार्की र श्रीराम कार्कीले मन्टेश्वरी तह देखि विद्यालयका सबै तहका सबै खालका सामाग्रीहरु होलसेल मुल्यमा उपलब्ध गराउने बताए ।

खेलकुदका सामाग्री, स्मार्ट बोर्ड, आईसिटीका सामाग्री, विद्यालयका विभिन्न विषयका ल्यावका सामाग्रीहरु पनि सप्लायर्सबाट प्राप्त हुने बताए ।

विद्यार्थी केन्द्रित ब्यवस्थापन सुधार कार्यक्रम र शैक्षिक उपलब्धी आधारित प्रोत्साहन कार्यक्रमका सामाग्रीहरु तथा कागजपत्र सम्वन्धी सामग्री उपलब्ध हुनेछन् ।

विशेष छुटका साथ सम्पूर्ण सामाग्रीहरु एकै स्थानबाट सम्वन्धित स्थानमा निशुल्क पु¥याई दिने र सेटअप समेत गराउने गरी तयारी गरिएको संचालक कृष्णराम कार्कीले बताए । सोहि अवसरमा लामो समय देखि कम्पनीमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्याब्सन नेपालका केन्द्रिय सदस्य पूर्णकुमार श्रेष्ठ, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।