बालबालिकाका योजना समेट्न चन्द्रागिरि नगरपालिका–१४ मा बाल भेला

चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ मा बाल भेला आयोजना गरिएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा बालबालिकाको सवाल र मुलप्रवाहिकरण गर्न योजना तर्जुमाका लागि  वडा स्तरीय बाल भेला आयोजना गरिएको हो । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ को आयोजनामा भएको कार्यक्रमकोको लागि बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेश्नल नेपालसँग सहकार्य गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका बन तथा बातावरण मन्त्री केशब पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरप्रमुख घनश्याम गिरि, उप–प्रमुख, ८ वटा बाल क्लबका बालबालिकाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बालबालिकाहरुले समुहकार्य गरि कार्ययोजना निर्माण गरेर वडा अध्यक्ष राजभाई महर्जनलाई हस्तान्तरण गरेका छन । यसैबिच बालबालिका र जनप्रतिनिधीसँग अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियामा बालबालिकाहरुले विभिन्न विषयमा प्रश्न गरेका थिए भने नगरप्रमुख घनश्याम गिरिले जिज्ञासा संबोधन गरेका थिए ।

कार्यक्रममा सहजीकरण समिक्षा खड्काले गरेकी थिइन् । कार्यक्रममा बालविकास समाज, वन्र्ड भिजन ईन्टरनेशनल नेपाल, बाल अधिकार समिती, र जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

चन्द्रागिरि नगरपालिका वडा नं.१४ ले आफनो वडालाई बालमैत्री बनाउन अभियान शुरु गरिसकेको छ । बालमैत्री स्थानीय शासन सीएफएलजी कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालन भइरहेको छ । ५१ वटा सुचकलाई पुरा गर्ने गरि काम भइरहेको हो ।

वडा कार्यालयले बालविकास समाजको सहयोगमा ८ वटा बाल क्लब गठनका साथै वडा स्तरिय बाल क्लब, सन्जाल, बालमैत्री समिति पनि गठन भइसकेको छ । आचारसंहिताको होडि¨बोर्ड बनाएर ठाउँठाउँमा राखिएको छ ।

सबै सुचकहरुलाई स्थानीयकरण समेत गरिएको छ । साथै वडामाबालमैत्री स्थानीय शासनको बारेमा ठाउँ–ठाँउमा अभिमुखिकरण गरिएको छ ।

बाल विकास समाज र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित ईटा उद्योगमा रहेका बालबालिकाको उत्थानशिल विकास परियोजना अन्र्तगत काठमाण्डौ जिल्लाको चन्द्रागिरी नगरपालिकासँग समन्वय र सहकार्यमा बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र जनचेतनामुलक कार्यक्रम संचालनगर्दै आएको छ । साथै बालश्रम निवारणको लागि पनि कार्यक्रम संचालन गर्दै भइरहेको छ ।

२०७९ असार २ गते चन्द्रागिरी नगरपालिकावडा नं.१४ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको थियो । यस्तै चन्द्रागिरी नगरपालिकाको वडा नं.३ लाई पनि २०८० असोज ४ गते बालश्रम मुक्त वडा घोषणा गरिएको छ । चन्द्रागिरि वडा नं ८ लाई २०८० फागुन २७ गते वडा नं. ५ लाई फागुन ३० गते, २०८० चैत्र महिनाको १६ गते नं. ६, चैत्र महिनाको २३ गते वडा नं.७ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।