हिजोभन्दा आज धेरै ठाउँमा पानी पर्ने सम्भावना

हिजोभन्दा आज धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद सरोज पुडासैनीले जानकारी दिए ।बाँकी ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुका कारण हिजोदेखि पानी पर्न थालेको हो ।
लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा डढेलो निभेको हो । तर, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने डढेलो कायमै छ ।
हिजो कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा पानी परेको थियो । पानी परेका ठाउँमा डढेलो निभेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद पुडासैनीले बताए ।