सशस्त्र प्रहरी बल, नेपाल नम्वर १५ गण हेडक्वाटर काभ्रेले मनायो २२ औ स्थापना दिवस
धुलिखेल/सशस्त्र प्रहरी बल, नेपाल नम्वर १५ गण हेडक्वाटर काभ्रेले २२ औ स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले प्रहरी संगठन राज्यले दिएका नीति निर्देशन पालना गर्दै नागरिकहरुको जीउधनको रक्षार्थ निरन्तर सक्रिय रहेको बताए ।
काभ्रे प्रमुख एसपी त्रिभुवन विष्टले तत्कालीन श्री ५ को सरकार मन्त्रिपरिषद्को २०५८ चैत्र ३० बागमती अञ्चलमा परिचालन हुने गरी कालिञ्चोक भगवतीको नामबाट नामाकरण गरिएको थियो । २०५९ बैशाख २४ गते नारायणी अञ्चल चितवन जिल्लाबाट उक्त गणको शुभारम्भ भएको थियो ।
२०६० साल भदौ १३ गते काठमाडौको किर्तिपुर नगरपालिका वडा नम्वर ८ गोदामचौरमा स्थानान्तरण भएको उक्त गण२०६२ पुष २७ गते देखि चोभारमा स्थानान्तरण भएको थियो । २०७६ बैशाख १६ गते काभ्रेको पाँचखाल नगरपालिका ३ स्थित कुरकुरे डाँडामा २ सय २० रोपनी जमिनमा स्थापना भएको उक्त गणले नेपालको नयाँ संरचना अनुसार काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको जिम्मेवारी प्राप्त गरेको छ ।
मनसुन विपद् प्रतिकार्य, आगजनी तथा अन्य विपदका घटनाको प्रतिकार्य, नागरिकहरुका जनधनको सुरक्षाका लागि निभाउनु पर्ने दायित्व लगायतमा सशस्त्र प्रहरी गण काभ्रेले एक वर्षमा गरेका गतिविधीका बारेमा सोहि अवसरमा जानकारी गराईएको थियो ।
साहसिक कार्य तथा गणका कार्यक्रमहरुमा शशक्त भूमिका निर्वाह गरिरहेका विभिन्न पदमा कार्यरत प्रहरीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो भने विभिन्न ब्यक्तिहरुलाई कदरपत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले विपद लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । गाउँपालिका अध्यक्ष दिनेश लामाले सशस्त्र प्रहरीले नयाँ संरचना अनुसार स्थानीय तहका पालिकाहरुमा हुने विभिन्न घटनाहरुमा सहजिकरण र समन्वय गर्नु पर्ने बताए ।
कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा, विभिन्न सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।