प्रोग्रेशिभ फाइनान्सको बनेपा शाखा कार्यालय स्थानान्तरण

बनेपा/काठमाडौमा कर्पोरेट कार्यालय रहेको प्रोग्रेशिभ फाइनान्स बनेपा शाखाको कार्यालय स्थानान्तरण गरिएको छ । बनेपा १० जनागालबाट बनेपा ७ चारदोवाटो चोकमा कार्यालय स्थानान्तरण गरिएको हो ।

प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष लक्ष्मिप्रसाद महर्जन, संचालकहरु राजभाइ डंगोल, सबिना महर्जन, अल्का जोशी, कार्यकारी प्रमुख अनिल कुमार श्रेष्ठ, पुर्व संचालक समुन्द्रकाजी श्रेष्ठ, नेपाल उधोग बाणिाज्य संघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैध, काभ्रे उधेग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछें, सहकारी संस्थाहरुबाट अध्यक्ष, कार्यकारी प्रमुखहरु, कर्पोरेट कार्यालयबाट ब्यबस्थापनका पदाधिकारीहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुखले संस्थाका बारेमा जानकारी गराएका थिए । शाखा प्रमुख रमेश संजेलले शाखा स्थानान्तारणका विषयमा जानकारी गराएका थिए ।