नि:शुल्क मुटुरोग परिक्षण

बनेपा/ मुटुको सुरक्षा, जीवन रक्षा भन्ने मुल नाराका साथ लायन्स क्लब अफ काभ्रे बनेपा, लायन्स क्लब अफ काठमाडौं पाटन स्टार र आत्म ज्ञान प्रचार संघ बनेपाको संयुक्त आयोजनामा नि:शुल्क मुटुरोग परिक्षण शिविर सञ्चालन गरेको छ ।

शिविरमा १ सय २८ जनाको नि:शुल्क मुटु परिक्षण गरिएको लयान्स क्लब अफ काभ्रेका उपाध्यक्ष ईश्वर महाजुले बताए । शिबिरमा डा. कृष्ण कुमार श्रेष्ठ र डा. योगेन्द्र अमात्यले शिबिर सञ्चालनका क्रममा मुटु सम्बन्धी आवश्यक परामर्श प्रदान गरेका थिए । शिबिर पश्चात क्लबका उपाध्यक्ष ईश्वर महाजुले बनेपा हार्ट क्लिनिक र लायन्स क्लब अफ काभ्रे बनेपाले मुटुरोग विशेषज्ञबाट प्रत्येक हप्ता जाँच गरिदै आएको बताए ।