प्रथम बनेपा उप–मेयर कप खुल्ला महिला भलिबल प्रतियोगिता सुरु

बनेपा/बनेपा भलिबल प्रशिक्षण केन्द्रको आयोजना, बनेपा नगरपालिकाको सहयोग र काभ्रे जिल्ला भलिबल सघंको सहकार्यमा प्रथम बनेपा उप–मेयर कप खुल्ला महिला भलिबल प्रतियोगिता शुरु भएको छ ।
भलिबल प्रतियोगितामा धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, बनेपा नगरपालिका र नमोबुद्ध नगरपालिकाको कृष्ण मावि दाप्चा गरी ६ वटा टिमले भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले गरेका थिए ।
शाक्यले खेलले मानिसलाई स्वस्थ सगै अनुशासित बनाउने भएकाले मानिसलाई खेल अनिवार्य रहेको बताए । बनेपामा मेयरकप फुटबल, करातेका विभिन्न खेलहरु भए पनि उपमेयर कप महिला भलिबल खेल पहिलो पटक भएको हो । बनेपा नगरले नयाँ शुरुवात गरेको भन्दै नगर प्रमुख शाक्यले सबै क्षेत्रलाई समेटी नगरमा रहेको सम्पुर्ण खेलहरुलाई सम्मान गर्ने बताए ।
कार्यक्रममा उप प्रमुख विमला सापकोटाले भलिबल प्रतियोगिताले महिलाहरु पनि भलिबल खेल्न सक्षम छन् भन्ने पुष्टि गरेको बताईन् । जिल्लामा महिला खेलाडीहरु अत्यन्तै कम भएकाले नगरपालिकाको संयोजनमा गत बर्ष देखी महिला दिदिबहिनीहरुलाई भलिबल प्रशिक्षण गराइएको सापकोटाले बताईन् ।
खेलाडीहरुले खेललाई निरन्तता दिनु पर्ने र नगरपालिकाले उक्त खेललाई साथ र सहयोग रहेको सापकोटाले बताईन् । उद्घाटन कार्यक्रममा बनेपा भलिबल प्रशिक्षण केन्द्रका अधयक्ष प्रज्ञा नकर्मिको सभापतित्मा भएको थियो ।
केन्द्रका सचिब विक्रम प्रजापतिले प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, दोस्रोलाई २५ हजार, तेस्रोलाई १५ र सान्त्वनालाई १० हजार रुपैयाँ नगद पुरस्कार राशि रहेको जानकारी दिए । प्रशिक्षण केन्द्रले बनेपा नगरपालिकाको सहयोगमा गत वर्ष देखी महिलाहरुलाई भलिवल प्रशिक्षण दिदै आएको बताए । उक्त प्रशिक्षण पश्चात २ वटा टिमले प्रतियोगितामा भाग लिन सफल भएको प्रजापतिले बताए ।
कार्यक्रममा स्वागत मन्तब्य प्रशिक्षण केन्द्रका उपाध्यक्ष भवानी जोशिले राखेका थिए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष मनिषा तामाङ, नेकपा एमाले बनेपा नगर कमिटि अध्यक्ष रत्नकुश रञ्जीत, वडा नम्बर ८ का वडा सदस्य स्वयमकाजी पोटे लगाएतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पहिलो दिन मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिका बि विच भएको खेलमा बनेपा बि ले जित हासिल गरेको छ । त्यसै गरी दोस्रो खेलमा पनौती नगरपालिका र बनेपा ए बिच भएको खेलमा पनौत ले जित हासिल गरेको छ । प्रतियोगिताको समापन २९ गते हुने छ ।