बनेपामा फुटपाथ ब्यवसायीबाट प्रहरीकै सामुन्ने कुटिए नगर प्रहरी

बनेपा/बनेपा नगरपालिकाका नगर प्रहरीहरु फुटपाथ ब्यवसायीबाट कुटिएका छन् । नेपाल प्रहरीकै सामुन्ने उनिहरु कुटिएका हुन् । प्रहरीले फुटपाथ ब्यवसायीहरुले नगर प्रहरीलाई कुटिरहँदा समेत कसैलाई पनि नियन्त्रणमा लिएन । यस अघि पनि सोहि समुहले नगर प्रहरी माथी आक्रमण गरेको थियो ।

कुटपिटबाट नगर प्रहरी अञ्जना थापा र चालक किशोर केसी घाईते भएका छन् । नगर प्रहरीलाई कुटिरहेको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाईरल भएको छ । दुबै जना अस्पतालमा उपचारार्थ छिन् । दुबैको अनुहार र विभिन्न भागमा चोटपटक लागेको छ ।

आक्रमणबाट नगरपालिकाले गाडी समेत तोडफोड गरिएको छ । नगरपालिकाले कुटपिट गर्ने विरुद्ध किटानी जाहेरी दिएको छ । तर पनि उनिहरु पक्राउ परेका छैनन ।

नगरपालिकाले विहान र बेलुकाको समयमा फुटपाथ ब्यवसायीहरुलाई सडक छेउमा ब्यापार गर्न दिदै आएको छ । दिउसो पैदलयात्रीहरुलाई समेत हिड्न सकस हुने गरी ब्यवसाय गरिरहेकाहरुलाई सम्झाउँदै आए पनि उनिहरु भने अराजक शैलीमा पटक पटक नगर प्रहरी माथी खनिदै आएका थिए ।