मेरी आमा

जब मेरो अन्तस्करणमा तिम्रो आँशु को समुन्द्र बन्छ !
म पौडिन खोज्छु ,
गतिशिल भएर
व्याख्या हिन बन्छ !
तिम्रो अन्तहिन प्रणयको आधार
गहिरो भक्ति , त्याग र पीडाले बनेको छ, तिमी !
अनन्त र निस्वार्थ छ , तिमी ।
तिमी छौ र त म छु ! यो लोकमा
अन्त हिन स्नेहको यात्रा तिम्रो अन्तरमन बाट
धैर्य र क्षमाशील भएर उभिन्छौ जब तिमी !
म अबिरल हार्छु
तिम्रो कर्मशिलतामा
जब अरू सबैले त्याग्छन्, तिमी सम्हाल्छौ मलाइ ।
मेरो असफल वा कमजोर हटाउन ,
मलाइ संकल्पयुक्त र बहादुर बनाउन तिम्रो प्रयत्नको म अजर रअ्मर रिणी हु !
विश्वास भन्दा गहिरो संसारको निन्दा भन्दा पर दुर्लभ,
चम्किलो रत्नहरूको
सुन्दर चमचमाहट प्रतिबिम्ब
तिम्रो पसिनाद्वारा सिन्चित उपज हु म !
हरेक दर्शनको परिभाषितलाई अस्वीकार गर्छौ ! प्रणय तिम्रो १
सृष्टिको रहस्य जस्तै गोप्य रहन्छौ,
तिमी मलार्इ हुर्काउन र बढाउन
तिम्रो रगत , पसिना र आँशुको मार्गदर्शन हुँ म !
तिम्रो हातको प्रत्येक घर्षनको उपज हुँ म !
तिमिले उठाएको कष्ट र पिडाको
तिम्रो धैर्यताको सार अनि रुपको
अर्को नहार्ने सगरमाथा हो ! मेरो तिमी
मेरो मानषपटलमा शासित छौ ! र बिचरण गर्दैछु !तिमी हुँदै म सम्म आइपुग्दा !
त्यो अनित्य हो , तिमी
हरेक राप, ताप र ,
जिजीविषाको दुर्लभ प्रमाण हो !
मेरी आमा ।।।
त्यहि माया हो , तिमी !