आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनामा मात्रै २७ जनाको ज्यान गयो

आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि अस्ति सोमवारसम्म २७ जनाले ज्यान गुमाएका हुन् ।

आगलागीबाट मात्रै १८ जनाको ज्यान गएको छ । अरु ६ जनाले डढेलो र ३ जनाले चट्याङमा परेर ज्यान गुमाएका हुन् । यी घटनामा ९० जना घाइते भएका प्राधिकरणले जानकारी दिएको छ ।