झलनाथले पार्टी फुटाउँदै छन भन्ने हल्ला तीव्र रूपले फैलाइएको छःखनाल

पूर्वप्रधानमन्त्री तथा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर फैलाइएको हल्ला झुटो भएको स्पष्टीकरण दिएका छन्। केही दिनदेखि ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला तीव्र रूपले फैलाइएको उनको भनाई थियो ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि एकीकृत समाजवादी पनि फुट्दै छ भनेर गलत प्रचार भइरहेको भनी खनालले बुधबार विज्ञप्तिमार्फत भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन।