उग्रतारा बहुउद्धेश्यीय सहकारीद्धारा वित्तीय साक्षरता तथा मुटुरोग सम्बन्धी सचेतना शिविर

बनेपा/ उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्थाले आफना शेयर सदस्यहरुलाई २०८० चैत्र मसान्त सम्मको सम्पूर्ण हरहिसाब सहितको वित्तीय विवरण जानकारी गराएको छ ।


वित्तीय विवरण बारे बिभिन्न शेयर सदस्यहरुले राख्नु भएको जिज्ञासा सम्बन्धमा संस्थाका कार्यकारी प्रमुख कृष्णभक्त थापाले जानकारी गराएका थिए ।

शेयर सदस्यहरुलाई मुटु रोग बारे संचालन गरिएको सचेतना कार्यक्रममा बष्ठि मुटु रोग बिशेषज्ञ डा. कृष्ण कुमार श्रेष्ठले मुटुरोगका कारण र असर बारे जानकारी गराएका थिए ।

संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले कार्यक्रमको उद्धेश्य बारे प्रकाश पार्नुका साथै शेयर सदस्यहरुलाई उक्त किसिमको कार्यक्रम निरन्तर गर्दै जाने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्पकाजी श्रेष्ठले धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सुपरीबेक्षण समितिका पदाधिकारहरुको साथै १०० जना शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।