मण्डनदेउपुरमा भलिबल खेल्ने क्रममा बालकको लडेर निधन

सांकेतिक तस्बिर

मण्डनदेउपुर/मण्डनदेउपुर नगरपालिका वडा नम्वर ५ देविस्थानमा भलिबल खेल्ने क्रममा लडेर एक बालकको निधन भएको छ ।

बैशाख २५ गते दिउसो ४ बजे कुवेर पुरीका १५ बर्षिय छोरा सृजन पुरीको भलिबल खेल्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तपेश्वर माध्यमिक विद्यालयमा आयोजना भईरहेको भलिबल खेलमा सर्ट हान्ने क्रममा अचानक लडेर सृजन पुरी बेहोस भएका थिए ।

तत्कालै उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमा नै निधन भएको अस्पतालले जानकारी गराएको प्रहरीले बताएको छ ।