नेपाल प्रहरीका ५१९ जना इन्सपेक्टरको सरुवा

प्रहरी प्रधान कार्यालयले ५१९ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार एकैपटक ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो ।
विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मानव श्रोत विकासविभागका अनुसार २०८१ साल जेठ महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।