मङ्गलवारसम्म देशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आउँदो मङ्गलवारसम्म देशका तराई तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको छ । यो हप्ताको मध्य अर्थात् भोलि आइतवार, पर्सि सोमवार र मङ्गलवारसम्म गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँ तथा बाँकी पहाडी भू–भाग र तराई क्षेत्रका थोरै ठाउँमा मेघगर्जनरचट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कृषि–मौसम सल्लाह बुलेटिनमा उल्लेख छ ।
नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा कृषि–मौसम सल्लाह बुलेटिन तयार पार्दै आएको छ ।
किसानले आवश्यक कृषि र पशुसम्बन्धी समस्या र जिज्ञासाका लागि नार्कको पैसा नलाग्ने फोन नम्बर ११३५ मा हरेक सोमवार दिउँसो दुई बजेदेखि ४ बजेसम्म फोन गरी सम्बन्धित विज्ञबाट सल्लाह पनि लिन सकिने नार्कले जनाएको छ ।