राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डाक्टर चिरञ्जीवी नेपालले राजीनामा दिएका छन । सय रुपैयाँको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएका हुन ।

नेपालले दिनुभएको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ । एउटा अन्तरवार्ताका क्रममा उनले सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।